Pairabi logo

माघ १६, २०८१, बुधबार                    

जाजरकोटमा टेलिकमको ‘नमुना सेवा’ सुरु

सम्वाददाता

सम्वाददाता

जाजरकोटमा टेलिकमको ‘नमुना सेवा’ सुरु
ADVERTISEMENT

जाजरकोट, १० मङ्सिर : जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो ।

टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा निःशुल्क सिमसमेत वितरण हुन लागेको नेपाल टेलिकमले जनाएको छ । सदरमुकामअन्तर्गत पर्ने भए पनि फोन नबुझिने समस्या स्थानीयलाई सास्ती भएको थियो ।

नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा नयाँ टावर निर्माणका लागि पहल थालिएको निर्देशक पहाडीले बताउनुभयो । उहाँसँगै प्राविधिक टोलीले जिल्लाका सबै ठाउँमा स्थलगत अनुगमन गरी फोन लाग्ने र नलाग्ने ठाउँको पहिचान गर्नुभएको थियो । 

भूकम्पबाट बढी प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका साथै अन्य जिल्लामा टेलिकमले नमुना सेवा दिने लक्ष्यसहित स्थलगत अनुगमन गरिएको पहाडीले बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रमा रहेका टावरको अवस्था र क्षमताको जाँच गरिएको उहाँको भनाइ थियो ।

जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख एवं नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले यस क्षेत्रमा सञ्चारको समस्य र समाधानका विषयमा निर्देशक पहाडीको टोलीलाई जानकारी गराउनुभएको थियो । सडक निर्माणका क्रममा रुकुम पश्चिम र जाजरकोट हुँदै डोल्पा पुग्दा सञ्चार अभावका कारण परेका समस्याबारे जानकारी दिँदै नमुना सेवा विस्तार भए सबैको मन जित्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माको निर्देशन तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको आग्रहमा टेलिकमको उच्चस्तरीय टोली गाउँगाउँमा पुगेको थियो । आवश्यक स्थानमा थप टावर निर्माणका लागि पालिकासँग सम्पर्क गरेर प्राविधिक खटाउने व्यवस्था मिलाइएको जनाउँदै अहिले निर्माण भइरहेका टावरबाट गुणस्तरीय र भरपर्दो सेवा दिन लागिएको पहाडीले जानकारी दिनुभयो ।

ताजा

सबै

लोकतन्त्र र प्रेस स्वतन्त्रता प्राप्तीका लागि स्वर्गिय गुप्तको योगदान बारे चर्चा

नेपालगन्ज १५, माघ ।लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक रहेको एक कार्यक्रमका …

लुम्विनी प्रदेश सरकारले सञ्चार क्षेत्र व्यवस्थापन गर्दै

नेपालगन्ज १५ माघ । लुम्विनी प्रदेश सरकारले सञ्चार तथा पत्रकारहरुको हितका लागि व्यवस्था…

अधिबक्ता ज्ञवालीद्धारा नेपाल कानुन व्यवसायी परिषद् लुम्बिनी प्रदेश पार्षदको उम्मेदवारी घोषणा

नेपालगन्ज, १४ माघ । नेपालगन्जका अगुवा कानून व्यवसायी अधिबक्ता इश्वरी प्रसाद ज्ञवालीले …

राप्ती सोनारीकी थारु महिला उमा स्वरोजगारतर्फ उन्मुख

राप्ती सोनारी (बाँके) ११ माघ । बाँके राप्ती सोनारी गाउँपालिका वार्ड नं.३ का उमाकुम…

लोकप्रिय

सबै

बंगलामुखी सामुदायिक प्रहरी सेवा केन्द्रको तदर्थ समिति गठन

कमल राज पौडेल (देवकमल) बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा बंगलामुखी…

राप्ती सोनारीकी थारु महिला उमा स्वरोजगारतर्फ उन्मुख

राप्ती सोनारी (बाँके) ११ माघ । बाँके राप्ती सोनारी गाउँपालिका वार्ड नं.३ का उमाकुम…

अधिबक्ता ज्ञवालीद्धारा नेपाल कानुन व्यवसायी परिषद् लुम्बिनी प्रदेश पार्षदको उम्मेदवारी घोषणा

नेपालगन्ज, १४ माघ । नेपालगन्जका अगुवा कानून व्यवसायी अधिबक्ता इश्वरी प्रसाद ज्ञवालीले …

नेपालगन्जमा प्रादेशिक महोत्सव शुरु

नेपालगन्ज । नेपालगञ्ज कारकाँदोस्थित सडक विभाग परिसरमा प्रादेशिक महोत्सव २०८१ शुरु भए…

यो पनि

मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक

मानव–वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सिकाई आवश्यक

बर्दिया, १२ पुस । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उन…

विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव

विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव

नेपालगञ्ज, १२ कात्तिक : नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) ने…

नेपालगन्जका नगर प्रहरीलाई खोज, उद्धार तालिम

नेपालगन्जका नगर प्रहरीलाई खोज, उद्धार तालिम

नेपालगन्ज, २७ जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई खोज तथा उद्धारका बारेम…

नेपालगञ्जमा परम्परागत इनारको संरक्षण

नेपालगञ्जमा परम्परागत इनारको संरक्षण

नेपालगन्ज, ७ जेठ : नेपालगञ्जका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी…