Pairabi logo

माघ १३, २०८२, सोमबार                    

रातो नम्बर प्लेट भएका इ–रिक्सालाई प्रतिबन्ध लगाइने

सम्वाददाता

सम्वाददाता

रातो नम्बर प्लेट भएका इ–रिक्सालाई प्रतिबन्ध लगाइने
ADVERTISEMENT

नेपालगन्ज, ९ मङ्सिर  नेपालगञ्ज उपमहानगरपालिका बजारभित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ–रिक्सालाई प्रतिबन्ध लगाइने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सरोकारवालाहरुको बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मंसिर २२ गतेसम्मको समय दिने निर्णय भएको छ । 

नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ–रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कार्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो । 

उक्त अवधी मंसिर १५ गते समाप्त हुने भएपनि थप ७ दिन समय दिएर मंसिर २३ गतेदेखि रातो नम्बर प्लेट भएका रिक्सालाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । “समय त मंसिर १५ सम्म मात्रै दिइएको हो, त्यसपछिको एक हप्ताको समयमा हामी फिल्डमै उत्रिएर रिक्सा चालकलाई सचेत बनाउँछौं, मंसिर २३ देखि भने चल्न दिँदैनौं,“ नगर प्रमुख विष्टले भन्नुभयो । 

अटेर गरेर रातो नम्बर प्लेटका इ–रिक्सामा यात्रु बोके त्यस्ता इ–रिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी व्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा होल्डिंग गरेर राखिनेछ । कालो प्लेट नबनाउँदासम्म ती इ–रिक्सा होल्डिंग सेन्टरमै रहने नेपालगञ्ज उपमहानगरपालिका राजश्व शाखा प्रमुख बिरबहादर थापाले जानकारी दिनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बढ्दो सवारी साधनको चापलाई मध्यनजर गर्दै हाललाई त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म चार पांग्रे सवारी साधन जान नदिने निर्णय गरिएको छ । यसैगरी गणेशमान चोकदेखि चारबाहिनी चोकतर्फको सडकलाई पनि वन–वे बनाउने निर्णय गरिएको छ । 

बैठकमा नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, यातायात व्यवस्था कार्यालय प्रमुख माधव ज्ञवाली, नागरिक समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठ, बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदी, वडा प्रहरी प्रमुख हरिबहादुर विसी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
–––––
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …