Pairabi logo

माघ १३, २०८२, सोमबार                    

फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने अभियान

सम्वाददाता

सम्वाददाता

फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने अभियान
ADVERTISEMENT

नेपालगन्ज, ८ मंसिर । नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन सचेतना प्रबर्द्धन र जरिवाना अभियान सुरु गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको वैठकले नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन प्रभावकारी अभियान संचालन गर्ने निर्णय गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकालेले मंसिर २२ गतेसम्म सूचना प्रकाशनरप्रशारण, माइकिङ र पम्प्लेट वितरणमार्फत सचेतना अभियान संचालन गरेको वातावरण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो । तत्पश्चात निरन्तर अनुगमन र निरीक्षण गरिने डिसीको भनाई छ । अनुगमनका क्रममा गैरजिम्मेवारी देखिएमा फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जरिवाना हुनेछ ।

नगर प्रमुख विष्टले सफा, स्वच्छ र सुन्दर सहर बनाउन नगरवासी सबैले संकल्प गर्नुपर्ने बताउँदै पटक- पटक सम्झाउँदा पनि अटेर गरे अब जरिवाना गरिने बताउनुभयो । पहिलो चरणमा स्याम्प्लिङको रुपमा न्युरोड कल्पत्रु होटेलदेखि चारबाहिनी चोकसम्म सघनरुपमा अभियान चलाएर सुरुवात गर्छौं, त्यसपछि यसलाई ब्यापकरुपमा अगाडि बढाउँछौं, उहाँले भन्नुभयो ।

फोहोरमैला व्यवस्थापन ऐन अनुसार जथाभावी फोहोर फालेमा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ । नेपालगन्ज उपमहानगरले दैनिकरुपमा विहान फोहोर संकलन गरिरहेको छ । आफ्नो फोहोर आफ्नै डस्टविनमा राखेर फोहोर संकलन गर्ने गाडीमा राख्न प्रोत्साहन गर्न अभियान थालिएको हो ।

वैठकमा उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष मो। अय्युब सिद्दिकी, ९ का अध्यक्ष गोविन्द रेग्मी, १० का अध्यक्ष श्रवणकुमार श्रेष्ठ, ११ का अध्यक्ष नन्दकिशोर कश्यप, फोहोरमैला व्यवस्थापन अभियन्ता एवम् बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल गिरी, होटल व्यवसायी संघका अध्यक्ष रंगबहादुर खड्का, वैश्य समाज, मुस्लिम समाज, नेपालगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थिति थियो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …