Pairabi logo

असोज २६, २०८३, सोमबार                    

फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने अभियान

सम्वाददाता

सम्वाददाता

फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने अभियान
ADVERTISEMENT

नेपालगन्ज, ८ मंसिर । नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन सचेतना प्रबर्द्धन र जरिवाना अभियान सुरु गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको वैठकले नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन प्रभावकारी अभियान संचालन गर्ने निर्णय गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकालेले मंसिर २२ गतेसम्म सूचना प्रकाशनरप्रशारण, माइकिङ र पम्प्लेट वितरणमार्फत सचेतना अभियान संचालन गरेको वातावरण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो । तत्पश्चात निरन्तर अनुगमन र निरीक्षण गरिने डिसीको भनाई छ । अनुगमनका क्रममा गैरजिम्मेवारी देखिएमा फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जरिवाना हुनेछ ।

नगर प्रमुख विष्टले सफा, स्वच्छ र सुन्दर सहर बनाउन नगरवासी सबैले संकल्प गर्नुपर्ने बताउँदै पटक- पटक सम्झाउँदा पनि अटेर गरे अब जरिवाना गरिने बताउनुभयो । पहिलो चरणमा स्याम्प्लिङको रुपमा न्युरोड कल्पत्रु होटेलदेखि चारबाहिनी चोकसम्म सघनरुपमा अभियान चलाएर सुरुवात गर्छौं, त्यसपछि यसलाई ब्यापकरुपमा अगाडि बढाउँछौं, उहाँले भन्नुभयो ।

फोहोरमैला व्यवस्थापन ऐन अनुसार जथाभावी फोहोर फालेमा ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ । नेपालगन्ज उपमहानगरले दैनिकरुपमा विहान फोहोर संकलन गरिरहेको छ । आफ्नो फोहोर आफ्नै डस्टविनमा राखेर फोहोर संकलन गर्ने गाडीमा राख्न प्रोत्साहन गर्न अभियान थालिएको हो ।

वैठकमा उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष मो। अय्युब सिद्दिकी, ९ का अध्यक्ष गोविन्द रेग्मी, १० का अध्यक्ष श्रवणकुमार श्रेष्ठ, ११ का अध्यक्ष नन्दकिशोर कश्यप, फोहोरमैला व्यवस्थापन अभियन्ता एवम् बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल गिरी, होटल व्यवसायी संघका अध्यक्ष रंगबहादुर खड्का, वैश्य समाज, मुस्लिम समाज, नेपालगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधि लगायतको उपस्थिति थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…