Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बढैयाताल गाउँपालिकामा टेक ओभर कार्यक्रम

सम्वाददाता

सम्वाददाता

बढैयाताल गाउँपालिकामा टेक ओभर कार्यक्रम
ADVERTISEMENT

नेपालगन्ज, मंसिर ८ । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रम सम्पन्न गरिएको छ । 

प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा वडास्तरीय बाल क्लबकी अध्यक्ष दुर्गा लुईटेलले बढैयाताल गाउँपालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नुभयो । 

बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा उपाध्यक्षको भूमिका निर्वाह गर्नु भएकी लुईटेललाई किशोरी क्लबकी सदस्य कञ्चन भण्डारीले किशोरी क्लबको तर्फबाट नौ बुँदे ज्ञापन बुझाउनु भयो । सो अवसरमा आयोजित छलफल कार्यक्रममा विभिन्न क्लबका बालिकाहरुले बालबालिका र किशोरीका सवालहरुका बारेमा जिज्ञासा राखेका थिए भने उपाध्यक्ष लुईटेलले जवाफ दिनु भएको थियो । 

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको टेक ओभर कार्यक्रमको सहजीकरण परियोजनाका संयोजक गोविन्द लामिछानेले गर्नु भएको थियो भने परियोजनाको उदेश्य बारे परियोजना अधिकृत ईश्वर विकले जानकारी गराउनु भएको थियो । 

टेक ओभरमा पालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नु भएकी लुईटेलले आफ्नो अनुभव सुनाउँदै यसबाट आत्मविश्वास बढ्नुका साथै नेतृत्व गर्ने क्षमताको पनि विकास भएको बताउनुभयो । कार्यक्रमको समापन गर्दै उपाध्यक्ष अधिकारीले यो कार्यक्रम निकै प्रभावकारी रहेको जनाउँदै यसले बालिका र किशोरीको क्षमता बढाउन अहम भूमिका खेल्ने बताउनु भयो । 

उहाँले प्लान र युनेस्कोले बाल विवाह अन्त्यका लागि बर्दिया जिल्लामा गरेका प्रयास र कार्यक्रम निकै प्रभावकारी देखिएकोले पालिकाले पनि निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाउनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…