Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बागेश्वरी मन्दिरको तलाउ झकिझकाउ

सम्वाददाता

सम्वाददाता

बागेश्वरी मन्दिरको तलाउ झकिझकाउ
ADVERTISEMENT

नेपालगन्ज, ३ मङ्सिर : हरेक वर्ष पूजा गर्नेको संख्या बढ्दै जाँदा नेपालगञ्जमा छठ पर्वको रौनक बढेको छ । छठ पर्वमा पूजा गर्नेहरु बढ्दा केही वर्षयता नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको तलाउमा भक्तजनको भीड लाग्ने गर्दछ । 

आज छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र भोली सोमबार उदाउँदो सूर्यको अर्घ दिइन्छ । बागेश्वरी मन्दिर आसपास र तलाउको सजावट गरि झकिझकाउ बनाइएको छठ पुजा समितिका संयोजक जितेन्द्र कुमार सिंहले बताउनुभयो । 

उहाँका अनुसार टेण्ट सजावट, विजुली बत्तीको सजावट, बाजागाजा, साँस्कृतिक भजन मञ्चको व्यवस्थापन, घाटको सरसफाईलगायतको तयारी गरिएको छ । 

बागेश्वरी मन्दिर पार्कमा भजन किर्तनसहितको सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । भारतको कलकत्ताबाट गित संगितको नौ जनाको समुहले राती छठीमाताको भजन गितसंगितको कार्यक्रम गर्ने संयोजक सिंहले बताउनुभयो । साँस्कृतिक कार्यक्रम आइतबार साँझदेखि सोमबार विहानसम्म हुनेछ । 

पहिला पूर्वी तराईका बासिन्दाले धुमधामले मनाउने छठको रौनक पश्चिममा पनि बढेको साहित्यकार तथा पुर्वप्राज्ञ सनत रेग्मी बताउनुहुन्छ । नेपालगञ्जको रानीतलाउको साथै अन्य तालहरुमा पनि छठको रौनक बढेको छ । 

चारदिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुने गर्दछ ।
–––

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …