Pairabi logo

कात्तिक १५, २०८२, शुक्रबार                    

बाँकेमा २२ क्विन्टल फूल उत्पादन

सम्वाददाता

सम्वाददाता

बाँकेमा २२ क्विन्टल फूल उत्पादन
ADVERTISEMENT

नेपालगन्ज २८ कात्तिक :  तिहारका लागि बाँकेमा व्यवसायिक फूल खेती गरिएको छ । दुई वर्षअघिदेखि व्यवसायिक फूल खेती गर्ने नेपालगन्ज–६ स्थित केयर फार्म नेपालले यस वर्ष १० क्विन्टल सयपत्री फूल उत्पादन गरेको छ । 

लगानी अनुसारको प्रतिफल र उब्जनी अनुसारको बजारले उत्साह सिर्जना गरेको फार्मका सञ्चालक तेज प्रकाश दीक्षितले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उत्पादन र बिक्री वितरणको अवस्था राम्रो छ’, राम्रै मूल्यमा सयपत्री फूल बिक्री भैरहेको छ, यो वर्ष मात्रै १० क्वीन्टल फूल उत्पादन भएको छ ।’

माग अनुसार होम डेलिभरी समेत गरिएकाले पनि स्थानीय फूलको माग उत्साहजनक देखिएको दीक्षितको भनाइ छ । 

यसैगरि बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित साना किसान कृषि सहकारी संस्थाले तिहारका लागि १२ क्विन्टलभन्दा बढी सयपत्री फूल उत्पादन गरेको छ । प्लाष्टिकका कृत्रिम मालालाई विस्थापित गर्दै प्राकृतिक फूलको प्रयोग बढाउने उद्देश्यले रु तीन लाखको लगानीमा तीन कठ्ठा जग्गामा सयपत्री फूलको खेती गरिएको सहकारी संस्थाले जनाएको छ । 

केही वर्षयता चाडपर्व तिहारको बेला फूलको माग अत्यधिक बढ्दै गएकाले पुष्प खेती गरेको साना किसान कृषि सहकारीका प्रबन्धक अमरराज गौतमले बताउनुभयो । उहाँका अनुसार कृषि क्षेत्रमा केही नयाँ काम गरौँ भनेर संस्थाले सयपत्री फूलको खेती गरेको जनाउँदै सहकारीले आठ बिघाह जग्गा ठेक्कामा लिई अन्य खेतीसँगै करिब तीन कठ्ठामा व्यावसायिक रुपमा फूल खेती गरेर बिक्री तथा आम्दानी गर्न थालेको छ ।  

उत्पादन गरिएको फूलको खपत अहिले कोहलपुर र नेपालगन्जमा भइरहेको र माग उच्च रहेको सहकारीले जनाएको छ । सहकारीले हाल प्रतिकिलो रु तीन सयको दरले सयपत्रीको फूल बिक्री गर्दैआएको छ । 

यसवर्ष पहिलो पटक गरिएको सयपत्री फूल खेतीबाट १२ क्विन्टल सयपत्रीको फूल उत्पादन भएको साना किसान कृषि सहकारीका अध्यक्ष दीर्घबहादुर बुढाथोकीले बताउनुभयो । यस पटकको बिक्रीबाट उत्साहित भएर आगामी वर्षदेखि खेती थप विस्तार गर्दै जाने उहाँको भनाइ छ ।  

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकील अहमदले फूल खेतीमा लाग्न चाहने सहकारी र किसान दुबैलाई विभिन्न प्रकारका सहयोग र अनुदान उपलब्ध गराउने बताउनुभयो । बाँकेमा कोहलपुर र खजुराका किसानहरू व्यवसायिक फूल खेतीमा लगानी गरिरहेका छन् । 
–––

ताजा

सबै

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

तरकारीमा विषादीको मात्रा बढ्दो

नेपालगन्ज, ११ कात्तिकः किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएक…

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

नेपालगन्ज, ९ कात्तिकः राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयव…

लोकप्रिय

यो पनि

नेपाल रेडक्रसको ६३औं स्थापना दिवस

नेपाल रेडक्रसको ६३औं स्थापना दिवस

नेपालगंज १९ भाद्र, / #मानवताको पक्षमा (#On The Side of Humanity) भन्ने मुल नाराका …

पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वयमा जोड

पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश समन्वयमा जोड

नेपालगन्ज । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले…