Pairabi logo

असोज २८, २०८३, बुधबार                    

नेपालगन्जमा प्रदेशस्तरिय पौडी प्रतियोगिता

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा प्रदेशस्तरिय पौडी प्रतियोगिता
ADVERTISEMENT

नेपालगन्ज २४ कार्तिक । नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगिता आयोजना गरिन लागेको छ । आयोजक, नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले नेपालगन्ज रंगशालामा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने तयारी अनुरुप प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

नेपालगन्ज स्वीमिङ क्लब यसैसाता गठन गरिएको हो । ‘राष्ट्रिय प्रतियोगिताको वार्मअप हो,’ विहीवार नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष न्यौपानेले भन्नुभयो । यसै कात्तिक २५ गते नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरीमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिंदै क्लबका अध्यक्ष न्यौपानेले पौडीमा पर्याप्त पूर्वाधार रहेकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सम्भव रहेको बताउनुभयो । ‘यसलाई पर्यटनसँग जोडेर लैजान सकिन्छ,’ अध्यक्ष न्यौपानेले पत्रकारसँग भन्नुभयो, ‘नेपालगन्ज त्यसका लागि निकै सम्भावना बोकेको स्थान हो ।’

प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडी सहभागी जानकारी दिंदै आयोजक क्लबले ८, १०, १२, १४, १५ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने जनाएको छ । प्रतियोगिताका विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ ।

पत्रकार भेटघाटमा क्लवका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले ८ र १० वर्ष उमेर समूहका खेलाडीले २५ मिटर र अन्य खेलाडीले ५० मिटर दूरीमा प्रतिस्पर्धा गर्ने तथा खुल्लामा बटर फ्लाई र फ्रि स्टाइलमा प्रतिष्पर्धा हुने जानकारी दिनुभयो। उहाँका अनुसार, क्लबले आयोजना गर्ने पहिलो कार्यक्रम भएपनि आधिकारिकता र भव्यतामा कुनै कसर राखिने छैन ।

नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई प्रतियोगिताको उद्घाटन सत्रमा सहभागी हुने निश्चित गरिएको आयोजकले जनाएको छ । त्यसका लागि प्रदेश खेलकुद परिषद्सँग आवश्यक समन्वय पनि गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

‘यो आयोजनाको अनुभवका आधारमा नेपालगन्जमा राष्ट्रिय अन्तर्राष्ट्रिय पौडी प्रतियोगिताबारे अगाडीका योजना बनाउँदै जाने हो,’ क्लबका उपाध्यक्ष डा। नितेश कनोडियाले सफलताका लागि बाँकेवासीको सहयोग सहकार्यको अपेक्षा गरिएको धारणा राख्दै भन्नुभयो । 

क्लबका सल्लाहकार सन्जय थापा, किसन गुरुङ लगायतका पदाधिकारी सम्मिलित पत्रकार भेटघाटको सहजीकरण कार्यसमिति सदस्य कृष्ण अधिकारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पौडी प्रशिक्षकसमेत रहेका प्रतियोगिताका प्राविधिक संयोजक चन्द्रराम चौधरीले आयोजनाका प्राविधिक पक्षबारे जानकारी दिनुभयो । 

प्रतियोगिताका लागि आवश्यक पौडी पोखरी व्यवस्थापनमा आयोजक आफै सक्रिय भएको जनाएको छ । ‘सबै तयार भएको छ, शुक्रवारदेखि प्राक्टिसका लागि खुला हुन्छ,’ त्यसबारे जानकारी दिंदै अध्यक्ष न्यौपानेले भन्नुभयो । 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जमा अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरी निर्माण गरिएको छ । त्यसै पोखरीमा यो प्रतियोगिता आयोजन गर्न लागिएको हो ।

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…