Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

नेपालगन्जमा प्रदेशस्तरिय पौडी प्रतियोगिता

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा प्रदेशस्तरिय पौडी प्रतियोगिता
ADVERTISEMENT

नेपालगन्ज २४ कार्तिक । नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगिता आयोजना गरिन लागेको छ । आयोजक, नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले नेपालगन्ज रंगशालामा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने तयारी अनुरुप प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । 

नेपालगन्ज स्वीमिङ क्लब यसैसाता गठन गरिएको हो । ‘राष्ट्रिय प्रतियोगिताको वार्मअप हो,’ विहीवार नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष न्यौपानेले भन्नुभयो । यसै कात्तिक २५ गते नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरीमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिंदै क्लबका अध्यक्ष न्यौपानेले पौडीमा पर्याप्त पूर्वाधार रहेकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सम्भव रहेको बताउनुभयो । ‘यसलाई पर्यटनसँग जोडेर लैजान सकिन्छ,’ अध्यक्ष न्यौपानेले पत्रकारसँग भन्नुभयो, ‘नेपालगन्ज त्यसका लागि निकै सम्भावना बोकेको स्थान हो ।’

प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडी सहभागी जानकारी दिंदै आयोजक क्लबले ८, १०, १२, १४, १५ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने जनाएको छ । प्रतियोगिताका विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ ।

पत्रकार भेटघाटमा क्लवका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले ८ र १० वर्ष उमेर समूहका खेलाडीले २५ मिटर र अन्य खेलाडीले ५० मिटर दूरीमा प्रतिस्पर्धा गर्ने तथा खुल्लामा बटर फ्लाई र फ्रि स्टाइलमा प्रतिष्पर्धा हुने जानकारी दिनुभयो। उहाँका अनुसार, क्लबले आयोजना गर्ने पहिलो कार्यक्रम भएपनि आधिकारिकता र भव्यतामा कुनै कसर राखिने छैन ।

नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई प्रतियोगिताको उद्घाटन सत्रमा सहभागी हुने निश्चित गरिएको आयोजकले जनाएको छ । त्यसका लागि प्रदेश खेलकुद परिषद्सँग आवश्यक समन्वय पनि गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

‘यो आयोजनाको अनुभवका आधारमा नेपालगन्जमा राष्ट्रिय अन्तर्राष्ट्रिय पौडी प्रतियोगिताबारे अगाडीका योजना बनाउँदै जाने हो,’ क्लबका उपाध्यक्ष डा। नितेश कनोडियाले सफलताका लागि बाँकेवासीको सहयोग सहकार्यको अपेक्षा गरिएको धारणा राख्दै भन्नुभयो । 

क्लबका सल्लाहकार सन्जय थापा, किसन गुरुङ लगायतका पदाधिकारी सम्मिलित पत्रकार भेटघाटको सहजीकरण कार्यसमिति सदस्य कृष्ण अधिकारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पौडी प्रशिक्षकसमेत रहेका प्रतियोगिताका प्राविधिक संयोजक चन्द्रराम चौधरीले आयोजनाका प्राविधिक पक्षबारे जानकारी दिनुभयो । 

प्रतियोगिताका लागि आवश्यक पौडी पोखरी व्यवस्थापनमा आयोजक आफै सक्रिय भएको जनाएको छ । ‘सबै तयार भएको छ, शुक्रवारदेखि प्राक्टिसका लागि खुला हुन्छ,’ त्यसबारे जानकारी दिंदै अध्यक्ष न्यौपानेले भन्नुभयो । 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जमा अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरी निर्माण गरिएको छ । त्यसै पोखरीमा यो प्रतियोगिता आयोजन गर्न लागिएको हो ।

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…