Pairabi logo

असोज २६, २०८३, सोमबार                    

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १३४ पुग्यो

सम्वाददाता

सम्वाददाता

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १३४ पुग्यो
ADVERTISEMENT

काठमाडौं १८ कात्तिक । जाजरकोटमा गएको भूकम्पमा परी एक सय ३४ जनाले ज्यान गुमाएका छन्।   प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतका अनुसार मृत्यु हुने जाजरकोटका ९६ र रुकुम पश्चिमका ३८ जना छन्।  जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८४ गरी १३९ जना घाइते रहेका छन्।

अहिलेसम्म १५५ जनाको उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा खोज उद्धारमा एक हजार प्रहरी परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख भीम ढकालले जानकारी दिनुभयो ।  घाइतेको उपचारका लागि विभिन्न अस्पतालमा लैजाने क्रम जारी रहेको पनि प्रमुख ढकालले बताउनुभयो । 

यस्तै, नेपाली सेनाले काठमाडौं, सुर्खेत र नेपालगन्जमा डा. अधिकृत र स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धार कार्यको लागि स्ट्याण्डबाई राखिएको जानकारी दिएको छ।

घाइतेहरूको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा। अधिकृतको टोली तयारी हालतमा रहेको नेपाली सेनाले बताएको छ।दुई बटालियन नै सम्बन्धित क्षेत्रमा पुगेको सहायक रथी तथा नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उध्दार कार्य गर्न हेलिकप्टरबाट काठमाडौं(चौरजहारी ३ जना डाक्टरसहित १६ जना, स्काइ ट्रक, काठमाडौं चौरजहारी १६ जना, हेलिकप्टरबाट सुर्खेत लामिडाँडा ३ जना, हेलिकप्टरबाट काठमाडौं(चौरजहारी २६ जना मेडिकल टिम सहितका फौजहरू परिचालन गरिएको छ । 

यस्तै सशस्त्र प्रहरीले दुई जिल्लामा करिब ४ सय आफ्ना कर्मचारी खटाएको छ।  बलका प्रवक्ता राजेन्द्र खड्का अनुसार जाजरकोटमा १ सय ९४, र रुकुममा एक सय १७३ सशस्त्र प्रहरीका विपद् उद्धार टोली खटाएको छ।

उनले सशस्त्रको चिकित्सहसहितको टोली पनि सम्बन्धित क्षेत्रमा पुगेको र नेपालगञ्जमा घाइतेलाई अस्पतालमा लैजान विशेष एम्बुलेन्सहरूको व्यवस्था गरिएको साभार ः थाहाखबर । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…