Pairabi logo

माघ १३, २०८२, सोमबार                    

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १३४ पुग्यो

सम्वाददाता

सम्वाददाता

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १३४ पुग्यो
ADVERTISEMENT

काठमाडौं १८ कात्तिक । जाजरकोटमा गएको भूकम्पमा परी एक सय ३४ जनाले ज्यान गुमाएका छन्।   प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतका अनुसार मृत्यु हुने जाजरकोटका ९६ र रुकुम पश्चिमका ३८ जना छन्।  जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८४ गरी १३९ जना घाइते रहेका छन्।

अहिलेसम्म १५५ जनाको उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा खोज उद्धारमा एक हजार प्रहरी परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख भीम ढकालले जानकारी दिनुभयो ।  घाइतेको उपचारका लागि विभिन्न अस्पतालमा लैजाने क्रम जारी रहेको पनि प्रमुख ढकालले बताउनुभयो । 

यस्तै, नेपाली सेनाले काठमाडौं, सुर्खेत र नेपालगन्जमा डा. अधिकृत र स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धार कार्यको लागि स्ट्याण्डबाई राखिएको जानकारी दिएको छ।

घाइतेहरूको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा। अधिकृतको टोली तयारी हालतमा रहेको नेपाली सेनाले बताएको छ।दुई बटालियन नै सम्बन्धित क्षेत्रमा पुगेको सहायक रथी तथा नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उध्दार कार्य गर्न हेलिकप्टरबाट काठमाडौं(चौरजहारी ३ जना डाक्टरसहित १६ जना, स्काइ ट्रक, काठमाडौं चौरजहारी १६ जना, हेलिकप्टरबाट सुर्खेत लामिडाँडा ३ जना, हेलिकप्टरबाट काठमाडौं(चौरजहारी २६ जना मेडिकल टिम सहितका फौजहरू परिचालन गरिएको छ । 

यस्तै सशस्त्र प्रहरीले दुई जिल्लामा करिब ४ सय आफ्ना कर्मचारी खटाएको छ।  बलका प्रवक्ता राजेन्द्र खड्का अनुसार जाजरकोटमा १ सय ९४, र रुकुममा एक सय १७३ सशस्त्र प्रहरीका विपद् उद्धार टोली खटाएको छ।

उनले सशस्त्रको चिकित्सहसहितको टोली पनि सम्बन्धित क्षेत्रमा पुगेको र नेपालगञ्जमा घाइतेलाई अस्पतालमा लैजान विशेष एम्बुलेन्सहरूको व्यवस्था गरिएको साभार ः थाहाखबर । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …