Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँके प्रशासनको सेवालाई थप प्रभावकारी बनाइदै

सम्वाददाता

सम्वाददाता

बाँके प्रशासनको सेवालाई थप प्रभावकारी बनाइदै
ADVERTISEMENT

नेपालगन्ज १४ कात्तिक । जिल्ला प्रशासन कार्यालय बाँकेले आफ्नो कार्यालयबाट प्रदान हुने सेवा सुविधाको छिटो छरितो र गुणस्तरियता बनाउन थालेको छ । सेवाग्राहीलाई छिटो छरितो र प्रभावकारी सेवाका लागि प्रशासनले आफ्ना सम्पुर्ण सेवाहरुलाई प्रभावकारी बनाउन थालेको हो । 

केहीदिन अघि मात्र जिल्लाको प्रमखको रुपमा आउनुभएका दक्ष प्रशासक श्रवणकुमार पोखरेलले जिल्लामा सब भन्दा पहिला जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई सुशासन र गुणस्तरियत बनाउनु थाल्नु भएको हो । उहाँले जिल्लाको कमाण्ड सम्हाल्ने वित्तिकै जिल्लाको शान्ति, सुरक्षा, सामाजिक सदभाव, सुशासन, सेवाको प्रभावकारितालाई विशेष योजनाका साथ काम गर्न थालेको प्रजिअ पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाँकेमा म आउने वित्तिकै शुरुमा सामाजिक सदभावको बाताबरणलाई बलियो बनाउन विशेष पहल गरेको छु, शान्ति सुरक्षासंगै सदभावको आधार बालियो बनाउन विभिन्न निकायसंग छलफल गरेको छु र त्यसैको आधारमा योजनाका साथ अघि बढेको छु, यसमा सबैको सहयोग र साथको आवश्यकता छ उहाँले भन्नुभयो । 

प्रजिअ पोखरेलले जिल्लाका विभिन्न कार्यालयहरुमा सुशासन र सेवाको गुणस्तरियतामा समेत ध्यान दिएको भन्दै पहिला आफ्नै कार्यालयको सेवा चुस्त दुरुस्त बनाएपछि मात्र अरु कार्यालयतर्फ लाग्ने योजना रहेको बताउनुभयो । प्रशासले राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम भर्न झन्झटिलो रहेकोमा अब प्रशासनले निःशुल्क फाराम भरिदिने ब्यवस्था मिलाएको हो । 

राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम कार्यालय परिसरभित्रै निःशुल्क भर्नका लागि कर्मचारीलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सेवाग्राहीले आफ्नो प्रमाण लिएर कार्यालयमा पुगेमा सम्बन्धित फाँटबाटै निःशुल्क फाराम भर्ने व्यवस्था मिलाइएको छ ।’  फाराम भर्नका लागि अतिरिक्त समय र ब्ययभार नलाग्ने भएपछि सेवाग्राही खुशी भएका छन् ।”

राष्ट्रिय परिचयपत्रसहित राहदानीको पनि अनलाइन फारम जिल्ला प्रशासनले नै निःशुल्क भरिदिने व्यवस्थाको सुरुवात गरिएको छ । फाराम भरेकै दिन फोटो समेत खिच्ने गरिएको छ । राजस्व रकम तिरेर एकै दिनमा सेवा पाउने प्रशासनले जनाएको छ । राष्ट्रिय परिचयपत्रको अनलाइन फारम पनि प्रशासनका कर्मचारीले निःशुल्क भरिदिने भएकाले एक रुपियाँ पनि खर्च नभई एकै दिनमा काम सम्पन्न हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

बाँकेमा हालसम्म कुल ३१ हजार ६०५ थान तयारी राष्ट्रिय परिचय पत्र प्राप्त भएको प्रशासनले जनाएको छ । त्यसमध्ये अहिलेसम्म ७६५ थान वितरण भइसकेको प्रजिअ पोखरेलले बताउनुभयो । उहाँका अनुसार भोली बुधबारदेखि प्रत्येक दुई दिनको फरकमा ५०० जनाको नामावली समेत प्रकाशित गर्ने तयारी गरिएको छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…