Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँके प्रशासनको सेवालाई थप प्रभावकारी बनाइदै

सम्वाददाता

सम्वाददाता

बाँके प्रशासनको सेवालाई थप प्रभावकारी बनाइदै
ADVERTISEMENT

नेपालगन्ज १४ कात्तिक । जिल्ला प्रशासन कार्यालय बाँकेले आफ्नो कार्यालयबाट प्रदान हुने सेवा सुविधाको छिटो छरितो र गुणस्तरियता बनाउन थालेको छ । सेवाग्राहीलाई छिटो छरितो र प्रभावकारी सेवाका लागि प्रशासनले आफ्ना सम्पुर्ण सेवाहरुलाई प्रभावकारी बनाउन थालेको हो । 

केहीदिन अघि मात्र जिल्लाको प्रमखको रुपमा आउनुभएका दक्ष प्रशासक श्रवणकुमार पोखरेलले जिल्लामा सब भन्दा पहिला जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई सुशासन र गुणस्तरियत बनाउनु थाल्नु भएको हो । उहाँले जिल्लाको कमाण्ड सम्हाल्ने वित्तिकै जिल्लाको शान्ति, सुरक्षा, सामाजिक सदभाव, सुशासन, सेवाको प्रभावकारितालाई विशेष योजनाका साथ काम गर्न थालेको प्रजिअ पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाँकेमा म आउने वित्तिकै शुरुमा सामाजिक सदभावको बाताबरणलाई बलियो बनाउन विशेष पहल गरेको छु, शान्ति सुरक्षासंगै सदभावको आधार बालियो बनाउन विभिन्न निकायसंग छलफल गरेको छु र त्यसैको आधारमा योजनाका साथ अघि बढेको छु, यसमा सबैको सहयोग र साथको आवश्यकता छ उहाँले भन्नुभयो । 

प्रजिअ पोखरेलले जिल्लाका विभिन्न कार्यालयहरुमा सुशासन र सेवाको गुणस्तरियतामा समेत ध्यान दिएको भन्दै पहिला आफ्नै कार्यालयको सेवा चुस्त दुरुस्त बनाएपछि मात्र अरु कार्यालयतर्फ लाग्ने योजना रहेको बताउनुभयो । प्रशासले राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम भर्न झन्झटिलो रहेकोमा अब प्रशासनले निःशुल्क फाराम भरिदिने ब्यवस्था मिलाएको हो । 

राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम कार्यालय परिसरभित्रै निःशुल्क भर्नका लागि कर्मचारीलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सेवाग्राहीले आफ्नो प्रमाण लिएर कार्यालयमा पुगेमा सम्बन्धित फाँटबाटै निःशुल्क फाराम भर्ने व्यवस्था मिलाइएको छ ।’  फाराम भर्नका लागि अतिरिक्त समय र ब्ययभार नलाग्ने भएपछि सेवाग्राही खुशी भएका छन् ।”

राष्ट्रिय परिचयपत्रसहित राहदानीको पनि अनलाइन फारम जिल्ला प्रशासनले नै निःशुल्क भरिदिने व्यवस्थाको सुरुवात गरिएको छ । फाराम भरेकै दिन फोटो समेत खिच्ने गरिएको छ । राजस्व रकम तिरेर एकै दिनमा सेवा पाउने प्रशासनले जनाएको छ । राष्ट्रिय परिचयपत्रको अनलाइन फारम पनि प्रशासनका कर्मचारीले निःशुल्क भरिदिने भएकाले एक रुपियाँ पनि खर्च नभई एकै दिनमा काम सम्पन्न हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

बाँकेमा हालसम्म कुल ३१ हजार ६०५ थान तयारी राष्ट्रिय परिचय पत्र प्राप्त भएको प्रशासनले जनाएको छ । त्यसमध्ये अहिलेसम्म ७६५ थान वितरण भइसकेको प्रजिअ पोखरेलले बताउनुभयो । उहाँका अनुसार भोली बुधबारदेखि प्रत्येक दुई दिनको फरकमा ५०० जनाको नामावली समेत प्रकाशित गर्ने तयारी गरिएको छ । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …