Pairabi logo

असोज २६, २०८३, सोमबार                    

महसुल नबुझाउने ग्राहकको लाइन काटियो

सम्वाददाता

सम्वाददाता

महसुल नबुझाउने ग्राहकको लाइन काटियो
ADVERTISEMENT

नेपालगन्ज १४ कात्तिक । लुम्विनी प्रदेश अन्र्तगत ६ वटा जिल्लामा विद्युत महसुल नबुझाउने ग्राहकको लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा दुई दिनमा नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको छ ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व जिल्लाका १० विद्युत् वितरण केन्द्रबाट आइतरबार र सोमबार गरी विद्युत महसुलबापतको बाँकी बक्यौता रकम नतिर्ने नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख ई. हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

उहाँले नौ सय ६ जना सेवाग्राहीबाट ९१ लाख ५२ हजार १ सय ७१ रुपियाँ महशुल उठ्न बाँकी रहेको बताउनुभयो । दुई दिनमा नेपालगञ्ज वितरण केन्द्रबाट २९ लाख ४७ हजार ७ सय रुपियाँ बक्यौता रहेका २७५ जना, गुलरीया वितरण केन्द्रबाट ७ लाख १९ हजार ८ सय २४ रुपियाँ बक्यौता रहेको १०८ जना, घोराही केन्द्रबाट ४ लाख ९३ हजार २ सय १३ रुपियाँ बक्यौता रहेका ७८ जना छन् ।

त्यस्तै, कोहलपुर केन्द्रबाट २५ लाख ४९ हजार ५ सय ५९ रुपियाँ बक्यौता रहेका १५५ जना र राजापुर केन्द्रबाट १ लाख २९ हजार ८ सय १९ रुपियाँ बक्यौता रहेका १८ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार लमही वितरण केन्द्रबाट ७ लाख २० हजार १ सय ६३ रुपियाँ बक्यौता रहेका ११० जना, तुलसीपुर केन्द्रबाट ४ लाख ६३ हजार ५० रुपियाँ बक्यौता रहेका ४६ जना, प्युठान केन्द्रबाट २ लाख ८९ हजार २ सय ७५ रुपियाँ बक्यौता रहेका ६१ जना, रुकुमपूर्व केन्द्रबाट ४ लाख १२ हजार १ सय ५३ रुपियाँ बक्यौता रहेका ३० जना र रोल्पा केन्द्रबाट ४ लाख २७ हजार ४ सय १५ रुपियाँ बक्यौता रहेका २५ जना सेवाग्राहीको लाइन पनि काटिएको छ ।

दुई दिनमा ३२७ जना सेवाग्राहीले आफ्नो बाँकी बक्यौता रकम जम्मा गरेर आफ्नो लाइन पुनःजोडेको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो । ३२७ जना सेवाग्राहीबाट आइतबार र सोमबार गरी ४६ लाख ७६ हजार ४ सय ६० रुपियाँ बाँकी बक्यौता रकम सङ्कलन भएको उहाँले बताउनुभयो ।

नेपालगञ्ज वितरण केन्द्रबाट ८२ जनाले १७ लाख ९० हजार ३ सय रुपियाँ, गुलरीयाबाट ३१ जनाले २ लाख १३ हजार ८ सय ७९ रुपियाँ, घोराहीबाट ५१ जनाले ८ लाख ३४ हजार ८ सय ३० रुपियाँ, कोहलपुरबाट ३९ जनाले ९ लाख ५९ हजार ५ सय १८ रुपियाँ, राजापुरबाट ९ जनाले ७० हजार २ सय ४८ रुपियाँ, लमहीबाट ४० जनाले २ लाख ४५ हजार १ सय ५६ रुपियाँ उठ्न बाँकी छ ।

त्यस्तै, तुलसीपुरबाट २५ जनाले ३ लाख २९ हजार ६३ रुपियाँ, प्युठानबाट ३७ जनाले १ लाख ४७ हजार ५ सय ७२ रुपियाँ, रुकुमपूर्वबाट ४ जनाले ११ हजार ३ सय ५५ रुपियाँ र रोल्पा वितरण केन्द्रबाट ९ जनाले ७४ हजार ५ सय ३९ रुपियाँ बाँकी बक्यौता रकम सङ्कलन गरेर आफ्नो लाइन पुनः जोडेको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणले गत आइतबारदेखि ६० दिन पुग्दासम्म पनि विद्यु्त महसुल नबुझाएका सेवाग्राहीको लाइन काट्ने अभियान सञ्चालन गरेको छ ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…