Pairabi logo

मंसिर २६, २०८२, बिहीबार                    

महसुल नबुझाउने ग्राहकको लाइन काटियो

सम्वाददाता

सम्वाददाता

महसुल नबुझाउने ग्राहकको लाइन काटियो
ADVERTISEMENT

नेपालगन्ज १४ कात्तिक । लुम्विनी प्रदेश अन्र्तगत ६ वटा जिल्लामा विद्युत महसुल नबुझाउने ग्राहकको लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा दुई दिनमा नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको छ ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व जिल्लाका १० विद्युत् वितरण केन्द्रबाट आइतरबार र सोमबार गरी विद्युत महसुलबापतको बाँकी बक्यौता रकम नतिर्ने नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख ई. हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

उहाँले नौ सय ६ जना सेवाग्राहीबाट ९१ लाख ५२ हजार १ सय ७१ रुपियाँ महशुल उठ्न बाँकी रहेको बताउनुभयो । दुई दिनमा नेपालगञ्ज वितरण केन्द्रबाट २९ लाख ४७ हजार ७ सय रुपियाँ बक्यौता रहेका २७५ जना, गुलरीया वितरण केन्द्रबाट ७ लाख १९ हजार ८ सय २४ रुपियाँ बक्यौता रहेको १०८ जना, घोराही केन्द्रबाट ४ लाख ९३ हजार २ सय १३ रुपियाँ बक्यौता रहेका ७८ जना छन् ।

त्यस्तै, कोहलपुर केन्द्रबाट २५ लाख ४९ हजार ५ सय ५९ रुपियाँ बक्यौता रहेका १५५ जना र राजापुर केन्द्रबाट १ लाख २९ हजार ८ सय १९ रुपियाँ बक्यौता रहेका १८ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार लमही वितरण केन्द्रबाट ७ लाख २० हजार १ सय ६३ रुपियाँ बक्यौता रहेका ११० जना, तुलसीपुर केन्द्रबाट ४ लाख ६३ हजार ५० रुपियाँ बक्यौता रहेका ४६ जना, प्युठान केन्द्रबाट २ लाख ८९ हजार २ सय ७५ रुपियाँ बक्यौता रहेका ६१ जना, रुकुमपूर्व केन्द्रबाट ४ लाख १२ हजार १ सय ५३ रुपियाँ बक्यौता रहेका ३० जना र रोल्पा केन्द्रबाट ४ लाख २७ हजार ४ सय १५ रुपियाँ बक्यौता रहेका २५ जना सेवाग्राहीको लाइन पनि काटिएको छ ।

दुई दिनमा ३२७ जना सेवाग्राहीले आफ्नो बाँकी बक्यौता रकम जम्मा गरेर आफ्नो लाइन पुनःजोडेको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो । ३२७ जना सेवाग्राहीबाट आइतबार र सोमबार गरी ४६ लाख ७६ हजार ४ सय ६० रुपियाँ बाँकी बक्यौता रकम सङ्कलन भएको उहाँले बताउनुभयो ।

नेपालगञ्ज वितरण केन्द्रबाट ८२ जनाले १७ लाख ९० हजार ३ सय रुपियाँ, गुलरीयाबाट ३१ जनाले २ लाख १३ हजार ८ सय ७९ रुपियाँ, घोराहीबाट ५१ जनाले ८ लाख ३४ हजार ८ सय ३० रुपियाँ, कोहलपुरबाट ३९ जनाले ९ लाख ५९ हजार ५ सय १८ रुपियाँ, राजापुरबाट ९ जनाले ७० हजार २ सय ४८ रुपियाँ, लमहीबाट ४० जनाले २ लाख ४५ हजार १ सय ५६ रुपियाँ उठ्न बाँकी छ ।

त्यस्तै, तुलसीपुरबाट २५ जनाले ३ लाख २९ हजार ६३ रुपियाँ, प्युठानबाट ३७ जनाले १ लाख ४७ हजार ५ सय ७२ रुपियाँ, रुकुमपूर्वबाट ४ जनाले ११ हजार ३ सय ५५ रुपियाँ र रोल्पा वितरण केन्द्रबाट ९ जनाले ७४ हजार ५ सय ३९ रुपियाँ बाँकी बक्यौता रकम सङ्कलन गरेर आफ्नो लाइन पुनः जोडेको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणले गत आइतबारदेखि ६० दिन पुग्दासम्म पनि विद्यु्त महसुल नबुझाएका सेवाग्राहीको लाइन काट्ने अभियान सञ्चालन गरेको छ ।
 
ताजा

सबै

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

लोकप्रिय

यो पनि

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

नेपालगन्ज, । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँक…

बाँकेको पर्यटन प्रबद्र्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

बाँकेको पर्यटन प्रबद्र्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

नेपालगन्ज, ७मंसिर ।नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ …

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई लैंगिक समानता र सामाजिक समावेशि…

खजुराद्धारा घुम्ती शिविर संचालन

खजुराद्धारा घुम्ती शिविर संचालन

खजुरा (बाँके), ५ मङ्ग्सिर स् बाँकेको खजुरा गाउँपालिकाले व्यवसाय दर्ता तथा नवीकरणका ल…