Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थानान्तरण हुने

सम्वाददाता

सम्वाददाता

लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थानान्तरण हुने
ADVERTISEMENT

नेपालगन्ज १४ कात्तिक । लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरा गाउँपालिकाको कार्यालयमा स्थानान्तरण हुने भएको छ । 

गाउँपालिकाको नयाँ भवन खजुरा –३ ‘बी’ गाउँमा निर्माणको अन्तिम चरणमा पुगेकाले स्थानान्तरण भएपछि हाल खजुरा –४ ‘डी’ गाउँमा रहेको पालिका भवनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय रहनेछ । 

विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीले विश्वविद्यालयका लागि उपलब्ध गराइने भवनमा पुगेर आवश्यक जानकारी लिँदै अध्यक्ष डम्बर बिकसँग छलफल गर्नुभयो । 

रेक्टर भण्डारीले नेपालगञ्जमा रहेको केन्द्रीय कार्यालय छिटोभन्दा छिटो खजुरा ल्याइने बताउनुभयो । रजिष्ट्रार भण्डारीले भन्नुभयो, ‘खजुरामै बिश्व विद्यालय निर्माण हुने भएकाले तत्काल कार्यालय ल्याउन लागिएको छ ।’

खजुरा –८ रनियापुरमा विश्वविद्यालय निर्माणका लागि आवश्यक एकसय बिघा जग्गा उपलब्ध गराउने निर्णय स्थानीय तह, जिल्ला हुँदै प्रदेश सरकारले गरे पनि सङ्घ सरकारले हालसम्म निर्णय नगर्दा निर्माणको काम अघि बढ्न सकेको छैन । 

खजुरा गाउँपालिकाका अध्यक्ष विकले नेपालगञ्जमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालय खजुरा ल्याउन पालिकाको नयाँ भवन पूर्णरुपमा निर्माण सम्पन्न नहुँदै कार्यालय स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष विकले भन्नुभयो, ‘केन्द्रीय कार्यालय खजुरामै भएपछि विश्वविद्यालय निर्माणले गति लिने अपेक्षा गाउँपालिकाको छ, त्यसका लागि आवश्यक सहयोग गर्न गाउँपालिका सधै तयार छ ।’

हाल विश्वविद्यालयको कार्यालय नेपालगञ्जस्थित डिभिजन वन कार्यालयको एक भवनमा रहेको छ । 
 
ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…