Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपाल भारत सिमा नाका बन्द

सम्वाददाता

सम्वाददाता

नेपाल भारत सिमा नाका बन्द
ADVERTISEMENT

नेपालगन्ज, ८ कार्तिक : दुर्गा मुर्ति विसर्जनका क्रममा विशेष सुरक्षा सर्तकताका लागि आज नेपाल भारत सिमा नाका बन्द गरिएको छ ।  

हिन्दुहरुको महान चाड दशैको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरु धार्मिक ¥याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एक दिन जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

उहाँले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमापारीका सुरक्षा अधिकारीसँगको समन्वयमा आज राती ८ बजेसम्मका (मुर्ति विर्सजनको कार्य नसकिएसम्म) लागि उक्त नाका बन्द गरिएको बताउनुभयो । 

प्रजिअ पोखरेलका अनुसार एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायतका ढुवानी गर्ने अत्यावश्यक सवारी साधनहरु बाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । 

नेपालगन्जका सडकहरुमा अहिले दुर्गा मूर्ति सेलाउन तालतलैया, जलकुण्ड तथा नदीतर्फ लैजाने कार्य धुमधामसंग भइरहेको छ । नेपालगन्जका सडकहरुमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्रयाक्टरहरुसहितको धार्मिक ¥याली भइरहेको निस्किएको छ । 

कुनै सम्भाव्य घटना तथा दुर्घटना हुन नदिन तथा मूर्ति विसर्जन गरिने कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाभरि नै सुरक्षा सतर्कता अपनाउँदै कडा सुरक्षा व्यवस्था मिलाइएको बाँकेका प्रहरी उपरिक्षक सुभाषचन्द्र बोहराले बताउनुभयो । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …