Pairabi logo

माघ १३, २०८२, सोमबार                    

मुर्ति विसर्जनमा सुरक्षा व्यवस्था कडा

डेक्स

डेक्स

मुर्ति विसर्जनमा सुरक्षा व्यवस्था कडा
ADVERTISEMENT

नेपालगन्ज, ८ कार्तिक : दुर्गा भवानीको मूर्ति (प्रतिमा) विसर्जनको कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ । 

मुर्ती विसर्जनलाई सभ्य र भव्य बनाउन नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार पाँच सय सुरक्षाकर्मी तैनाथ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

उहाँले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थान स्थानहरुमा विशेष फोकस गरेर बढी सतर्कता अपनाइएको भन्दै ती स्थानमा गत १२ घण्टा अगाडिबाटै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको बताउनुभयो । 

मुर्ती विसर्जनलाई भव्य तरिकाले सम्पन्न गर्न समयसीमा पनि निर्धारण गरिएको छ । समयसीमाका बारेमा सम्बन्धित सबै पक्षलाई यस अघि  नै जानकारी गराइसकिएको छ । सुरक्षालाई थप चुस्त दुरुस्त बनाउन नेपाल भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको जनाइएको छ । 

भारतबाट आउने भारतीय परिचय पत्र भएका नागरिकलाई आवश्यक कामबाहेक आज एकदिनका लागि आउन कडाइ गरिएको छ । जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकएक वटा कमान्ड पोस्ट स्थापना गरिएको छ भने नेपाल प्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४ सै घण्टा नै गस्ती गरिने व्यवस्था गरिएको छ । 

दुई जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दतका लागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्ड बाई रहने व्यवस्था गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । 

सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकहरूलाई सुरक्षा प्रदान गर्नका लागि नेपाल प्रहरीका एक हजार १३ जना र सशस्त्र प्रहरीका ४९५ जना गरी कुल एक हजार ५०८ सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाँकेले जनाएको छ । 

अहिले मुर्ती विसर्जन गरि यहाँको राप्तीनदीतर्फ सेलाउनका लागि लगिएको छ । 
–––

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …