Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेमा एकदिन मदिरा विक्री तथा सेवनमा प्रतिबन्ध

डेक्स

डेक्स

बाँकेमा एकदिन मदिरा विक्री तथा सेवनमा प्रतिबन्ध
ADVERTISEMENT

नेपालगन्ज, ७ कार्तिक / बाँकेमा एक दिन मदिरा विक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै बडा दशैंको भोलिपल्ट अर्थात भोलि बुधबारका दिन दुर्गा मुर्ती विसर्जन र्र्याली निस्कने भएकाले र्र्यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन भोलि विहान ८ बजेदेखि राती १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा उपभोग निषेध गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । 

प्रजिअ पोख्रेलले आज एक सूचना जारी गर्दै जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी सूचनाको प्रभावकारी कार्यान्वयनका लागि सबैमा अपिल गर्नुभएको छ । 

सूचनाको वर्खिलाप कुनै गतिविधि वा कार्य भएमा कानुन बमोजिम कार्वाही गरिने सूचनामा उल्लेख छ । बाँकेमा बडा दशैंको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मुर्ती पबित्र जलकुण्ड/नदी घाटहरुमा विसर्जन गर्ने परम्परा छ ।

प्रशासन कार्यालयले दुर्गा मुर्ती विसर्जनका लागि समय सीमा सुमेत निर्धारण गरेको छ । शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मुर्ती विसर्जनको समय सीमा निर्धारण गरिएको हो । दुर्गा भवानीको मुर्ती विसर्जन ¥याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजे अघि नै मुर्ती विसर्जन सम्पन्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…