Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेका सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन

डेक्स

डेक्स

बाँकेका सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन
ADVERTISEMENT

बाँके, ६ कार्तिक । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलसहित सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन । बाँके नरैनापुर क्षेत्र अन्र्तगत पर्ने सिमा स्तम्भको अवलोकन गरिएको हो । सरुवा भएर आएपछि पहिलो पटक प्रजिअ पोख्रेल र एसपी सुभाष चन्द बोहरा नरैनापुर पुगेर नेपाल भारत सिमा बगौडाको निरिक्षण गर्नु भएको हो ।

नरैनापुर पुग्नु भएका प्रजिअ पोख्रेललाई स्थानीयहरुले आफूहरु नेपाली भएको अनुभूति गर्न नपाएको प्रति चिन्ता व्यक्त गर्दै स्थाथीयहरुले आफूले उत्पादन गरेको खाद्यान्न सदरमुकामसम्म पुर्याउन नपाउदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको खाद्यान्न भन्दै नियन्त्रणमा लिने गरेकोले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गर्दै तस्करी सिमानामा नै रोक्नु पर्ने सुझाव दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलले नरैनापुरमा उत्पादन भएको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिनु ठिक नभएको बताउदै उहाँले सिमामा नै तस्करहरुलाई नियन्त्रणमा लिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदै स्थानीय किसानहरुलाई पिडा हुने गरी कार्य नगर्न सुरक्षा अधिकारीहरुलाई कडा निर्देशन दिनु भयो । 

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरका किसानहरु निकै पिडामा रहेकोले किसानको समस्या समाधान गर्न तर्फ भूमिका खेल्न प्रजिअ पोख्रेल सहित सुरक्षा अधिकारीहरुलाई सुझाव दिनु भएको थियो । उहाँले अर्को प्रसंगमा नरैनापुर धार्मिकताका आधारमा निकै सम्बेदनशील ठाँउ भए पनि दशैँको मूर्ति विसर्जन कार्यलाई सौहर्दपूर्ण रुपमा सम्पन्न गर्ने गरी तयारी गरिरएको बताउनु भएको भयो । 

दशैँको मूर्ति विसर्जन, सीमा स्तम्भहरुको अवस्था, सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका अपराध हुन नदिन अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलको भनाई थियो । नेपाल–भारत सीमा स्तम्भको अनुगमन गर्दै सीमामा कडाईका साथ शान्ती सुरक्षा मजबुत राख्न नेपाल र सशस्त्र प्रहरीलाई निर्देशन दिएको उहाँको भनाइ छ ।

सीमा अनुगमनमा नरैनापुर गाँउपालिका अध्यक्ष शाह, प्रहरी उपरीक्षक बोहरा, सशस्त्र प्रहरी उपरीक्षक रमेश शाही, अनुसन्धानका उपनिर्देशक मोहन कुमार कुवर, नरैनापुरका १ का अध्यक्ष इसाक जोलाह, ३ का अजय कुमार मिश्रा, ४ का मनोज शर्मा, ५ का कृष्ण चन्द्र मौर्य र ६ प्रेम मौर्य र सशस्त्र प्रहरी नायव उपरीक्षक तथा प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो । 

त्यस अवसरमा बाँकेका प्रजिअ पोख्रेल र एसपी बोहरालाइ गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह सहित स्थानीयहरुले स्वागत गरेका थिए । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…