Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेका सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन

डेक्स

डेक्स

बाँकेका सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन
ADVERTISEMENT

बाँके, ६ कार्तिक । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलसहित सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन । बाँके नरैनापुर क्षेत्र अन्र्तगत पर्ने सिमा स्तम्भको अवलोकन गरिएको हो । सरुवा भएर आएपछि पहिलो पटक प्रजिअ पोख्रेल र एसपी सुभाष चन्द बोहरा नरैनापुर पुगेर नेपाल भारत सिमा बगौडाको निरिक्षण गर्नु भएको हो ।

नरैनापुर पुग्नु भएका प्रजिअ पोख्रेललाई स्थानीयहरुले आफूहरु नेपाली भएको अनुभूति गर्न नपाएको प्रति चिन्ता व्यक्त गर्दै स्थाथीयहरुले आफूले उत्पादन गरेको खाद्यान्न सदरमुकामसम्म पुर्याउन नपाउदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको खाद्यान्न भन्दै नियन्त्रणमा लिने गरेकोले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गर्दै तस्करी सिमानामा नै रोक्नु पर्ने सुझाव दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलले नरैनापुरमा उत्पादन भएको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिनु ठिक नभएको बताउदै उहाँले सिमामा नै तस्करहरुलाई नियन्त्रणमा लिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदै स्थानीय किसानहरुलाई पिडा हुने गरी कार्य नगर्न सुरक्षा अधिकारीहरुलाई कडा निर्देशन दिनु भयो । 

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरका किसानहरु निकै पिडामा रहेकोले किसानको समस्या समाधान गर्न तर्फ भूमिका खेल्न प्रजिअ पोख्रेल सहित सुरक्षा अधिकारीहरुलाई सुझाव दिनु भएको थियो । उहाँले अर्को प्रसंगमा नरैनापुर धार्मिकताका आधारमा निकै सम्बेदनशील ठाँउ भए पनि दशैँको मूर्ति विसर्जन कार्यलाई सौहर्दपूर्ण रुपमा सम्पन्न गर्ने गरी तयारी गरिरएको बताउनु भएको भयो । 

दशैँको मूर्ति विसर्जन, सीमा स्तम्भहरुको अवस्था, सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका अपराध हुन नदिन अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलको भनाई थियो । नेपाल–भारत सीमा स्तम्भको अनुगमन गर्दै सीमामा कडाईका साथ शान्ती सुरक्षा मजबुत राख्न नेपाल र सशस्त्र प्रहरीलाई निर्देशन दिएको उहाँको भनाइ छ ।

सीमा अनुगमनमा नरैनापुर गाँउपालिका अध्यक्ष शाह, प्रहरी उपरीक्षक बोहरा, सशस्त्र प्रहरी उपरीक्षक रमेश शाही, अनुसन्धानका उपनिर्देशक मोहन कुमार कुवर, नरैनापुरका १ का अध्यक्ष इसाक जोलाह, ३ का अजय कुमार मिश्रा, ४ का मनोज शर्मा, ५ का कृष्ण चन्द्र मौर्य र ६ प्रेम मौर्य र सशस्त्र प्रहरी नायव उपरीक्षक तथा प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो । 

त्यस अवसरमा बाँकेका प्रजिअ पोख्रेल र एसपी बोहरालाइ गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह सहित स्थानीयहरुले स्वागत गरेका थिए । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …