Pairabi logo

असोज २६, २०८३, सोमबार                    

दुर्गा मूर्ति विसर्जन गर्न प्रशासनद्वारा समयसीमा निर्धारण

डेक्स

डेक्स

दुर्गा मूर्ति विसर्जन गर्न प्रशासनद्वारा समयसीमा निर्धारण
ADVERTISEMENT

नेपालगन्ज, कात्तिक ६ गते । बडादसैंको भोलिपल्ट गरिने दुर्गा मूर्ति विसर्जनका लागि समयसीमा निर्धाण गरिएको छ ।  बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मूर्ति विसर्जनको समयसीमा निर्धारण गरिएको जानकारी दिनुहुँदै सोही बमोजिम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । 

उहाँले दुर्गा भवानीको मूर्ति विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् सौम्य तुल्याउन अनुरोध गर्दै साँझ ५ बजे अघि नै मूर्ति विसर्जन कार्य सम्पन्न गर्न अनुरोध गरिएको बताउनुभयो । 

प्रजिअ पोखरेलले विसर्जन र्‍यालीमा घुसपैठ वा अवान्छित गतिविधि निस्तेज पार्न र र्‍यालीलाई शान्त र सौहार्दवपूर्ण वातावरणमा सम्पन्न गर्न ड्रोन र अन्य उपकरणबाट समेत निगरानी हुने तथा ताजा तस्बिर क्याप्चर गरी अवलोकन गरिने बताउनुभयो । 

उहाँले कानुन विपरीतका गतिविधिमा संलग्न जो कोहीलाई ड्रोन, अन्य उपकरणबाट लिइएको तस्बिर(भिडियोको आधारमा प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने हुँदा र्‍यालीमा सहभागी सबै भक्तजनले निश्चिन्त भइ मर्यादित ढङ्गबाट मूर्ति विसर्जन अनुष्ठान सम्पन्न गर्न अनुरोध गरिएको बताउनुभयो । 

सो बारेमा जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै मूर्ति विसर्जन अघि दुर्गा भवानीको पूजास्थलमा दिनको १२ बजे अघि नै पूजन कार्य समापन गर्न आग्रह गरेको छ । सूचनामा विधिपूर्वक पूजाअर्चना सकेपश्चात् स्थानीय प्रहरी एकाइसँग समन्वय गरी विसर्जनस्थलतर्फ प्रस्थान गर्ने व्यवस्था गर्न भनिएको छ ।

समयसिमाले ट्राफिक व्यवस्थापन तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न र भक्तजनहरुलाई समेत उज्यालोमा नै घाटसम्म पुग्न र घर फर्कन सहज हुने सूचनामा जनाइएको छ । साँझ ५ बजे अघि नै मूर्ति विसर्जन हुने वातावरण निर्माण गरिदिन सबै दुर्गापूजा समिति तथा भक्तजनहरुलाई आग्रह गरिएको छ ।  प्रशासनले साविकदेखि नै प्रयोगमा आइरहेको ¥याली मार्गमा भने कुनै परिवर्तन नगरिएको सूचनामा जानकारी गराएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…