Pairabi logo

माघ १३, २०८२, सोमबार                    

दुर्गा मूर्ति विसर्जन गर्न प्रशासनद्वारा समयसीमा निर्धारण

डेक्स

डेक्स

दुर्गा मूर्ति विसर्जन गर्न प्रशासनद्वारा समयसीमा निर्धारण
ADVERTISEMENT

नेपालगन्ज, कात्तिक ६ गते । बडादसैंको भोलिपल्ट गरिने दुर्गा मूर्ति विसर्जनका लागि समयसीमा निर्धाण गरिएको छ ।  बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मूर्ति विसर्जनको समयसीमा निर्धारण गरिएको जानकारी दिनुहुँदै सोही बमोजिम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । 

उहाँले दुर्गा भवानीको मूर्ति विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् सौम्य तुल्याउन अनुरोध गर्दै साँझ ५ बजे अघि नै मूर्ति विसर्जन कार्य सम्पन्न गर्न अनुरोध गरिएको बताउनुभयो । 

प्रजिअ पोखरेलले विसर्जन र्‍यालीमा घुसपैठ वा अवान्छित गतिविधि निस्तेज पार्न र र्‍यालीलाई शान्त र सौहार्दवपूर्ण वातावरणमा सम्पन्न गर्न ड्रोन र अन्य उपकरणबाट समेत निगरानी हुने तथा ताजा तस्बिर क्याप्चर गरी अवलोकन गरिने बताउनुभयो । 

उहाँले कानुन विपरीतका गतिविधिमा संलग्न जो कोहीलाई ड्रोन, अन्य उपकरणबाट लिइएको तस्बिर(भिडियोको आधारमा प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने हुँदा र्‍यालीमा सहभागी सबै भक्तजनले निश्चिन्त भइ मर्यादित ढङ्गबाट मूर्ति विसर्जन अनुष्ठान सम्पन्न गर्न अनुरोध गरिएको बताउनुभयो । 

सो बारेमा जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै मूर्ति विसर्जन अघि दुर्गा भवानीको पूजास्थलमा दिनको १२ बजे अघि नै पूजन कार्य समापन गर्न आग्रह गरेको छ । सूचनामा विधिपूर्वक पूजाअर्चना सकेपश्चात् स्थानीय प्रहरी एकाइसँग समन्वय गरी विसर्जनस्थलतर्फ प्रस्थान गर्ने व्यवस्था गर्न भनिएको छ ।

समयसिमाले ट्राफिक व्यवस्थापन तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न र भक्तजनहरुलाई समेत उज्यालोमा नै घाटसम्म पुग्न र घर फर्कन सहज हुने सूचनामा जनाइएको छ । साँझ ५ बजे अघि नै मूर्ति विसर्जन हुने वातावरण निर्माण गरिदिन सबै दुर्गापूजा समिति तथा भक्तजनहरुलाई आग्रह गरिएको छ ।  प्रशासनले साविकदेखि नै प्रयोगमा आइरहेको ¥याली मार्गमा भने कुनै परिवर्तन नगरिएको सूचनामा जानकारी गराएको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …