Pairabi logo

असोज २६, २०८३, सोमबार                    

किसानका समस्या पहिचान गरिदै

डेक्स

डेक्स

किसानका समस्या पहिचान गरिदै
ADVERTISEMENT

लुम्बिनी प्रदेशमा कृषि अनुसन्धानका लागि प्रमुख सरकारी निकायको रुपमा रहेको बाके खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले राप्तीसोनारी गाउँपालिका–६ टेपरीमा गाउँस्तरीय योजना बैठक सम्पन्न गरेको छ ।

अनुसन्धान परियोजना निर्माणका लागि कृषकहरुका समस्या पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम निर्देशनालयका वैज्ञानिक जगन्नाथ बन्जाडेको अध्यक्षता एवं राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलको प्रमुख आतिथ्यता र कृषि ज्ञान केन्द्र बाँकेका बागवानी विकास अधिकृत रामप्रकाश यादव लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको र कृषि अनुसन्धानसंग समन्वय र सहकार्य गर्न सधैं तत्पर रहेको बताउनुभयो । पौडेलले बाँके जिल्लामा अनुसन्धान निर्देशनालय हुनुको सदुपयोग यस जिल्लाका स्थानीय तहहरुले गर्नुपर्ने र प्राविधिक ज्ञान, स्रोत, बीउ, नश्ल र अन्य प्रविधिको पहुँचमा सबै कृषकहरु रहनुपर्ने उल्लेख गर्नुभयो । 

कृषकहरुसंग अन्तरक्रियात्मक सत्रमा बाली, बागवानी, पशुपालन, मत्स्यपालन लगायतका क्षेत्रमा किसानले औंल्याएका समस्या सूचीकरण गरी सो सम्बन्धि अनुसन्धानबाट विकास एवं सिफारिस भइसकेका प्रविधिको बारेमा जानकारी प्रदान गरिएको थियो ।

सो सत्रमा विषयगत क्षेत्र अनुसार बालीतर्फ वैज्ञानिक डा। नवराज आचार्य र अधिकृत सुमन बोहरा, पशुपालनतर्फ वैज्ञानिक जगन्नाथ बन्जाडे, अधिकृत दुर्गा रावत र डा। चेतमान जिसी, घाँसेबालीतर्फ अधिकृत हरिप्रसाद शर्मा, यान्त्रिकरणतर्फ अधिकृत सागर महर्जन, मत्स्यतर्फ प्राविधिक सुदिप लामिछाने र बागवानीतर्फ प्राविधिक लक्ष्मण भण्डारीले सहजीकरण गर्नुभएको थियो । 

अनुसन्धान परियोजना निर्माण गर्दा अपनाइने विभिन्न चरणहरु मध्ये गाउँस्तरीय योजना बैठक पहिलो चरणको कार्य रहेको र यसबाट संकलन गरिएका समस्याहरुले अनुसन्धानमूलक विषय निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने निर्देशनालयका योजना शाखाका प्राविधिक अधिकृत रविन गिरीले बताउनुभयो ।

कृषकहरुले औंल्याएका कतिपय समस्याको समाधानका लागि पहिले नै प्रविधि हातमा रहे पनि उपलब्ध प्रविधि कृषकसम्म पुग्न नसकेकोले कृषक समस्यामा परेको र कतिपय समस्या नयाँ एवं निरन्तर आइरहने प्रकृतिका हुने हुँदा सो सम्बन्धमा निरन्तर अनुसन्धान गरिरहनुपर्ने गिरीको भनाई छ ।

गाउँस्तरको कार्यक्रम पश्चात प्रदेश स्तरको कृषि प्राविधिक कार्य समूह बैठक आयोजना गर्ने निर्देशनालयको लक्षित कार्यक्रम छ । निर्देशनालयले यस अघि रोल्पाको माडिचौरमा पहिलो गाउँस्तरिय योजना बैठक सम्पन्न गरिसकेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…