Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

किसानका समस्या पहिचान गरिदै

डेक्स

डेक्स

किसानका समस्या पहिचान गरिदै
ADVERTISEMENT

लुम्बिनी प्रदेशमा कृषि अनुसन्धानका लागि प्रमुख सरकारी निकायको रुपमा रहेको बाके खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले राप्तीसोनारी गाउँपालिका–६ टेपरीमा गाउँस्तरीय योजना बैठक सम्पन्न गरेको छ ।

अनुसन्धान परियोजना निर्माणका लागि कृषकहरुका समस्या पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम निर्देशनालयका वैज्ञानिक जगन्नाथ बन्जाडेको अध्यक्षता एवं राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलको प्रमुख आतिथ्यता र कृषि ज्ञान केन्द्र बाँकेका बागवानी विकास अधिकृत रामप्रकाश यादव लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको र कृषि अनुसन्धानसंग समन्वय र सहकार्य गर्न सधैं तत्पर रहेको बताउनुभयो । पौडेलले बाँके जिल्लामा अनुसन्धान निर्देशनालय हुनुको सदुपयोग यस जिल्लाका स्थानीय तहहरुले गर्नुपर्ने र प्राविधिक ज्ञान, स्रोत, बीउ, नश्ल र अन्य प्रविधिको पहुँचमा सबै कृषकहरु रहनुपर्ने उल्लेख गर्नुभयो । 

कृषकहरुसंग अन्तरक्रियात्मक सत्रमा बाली, बागवानी, पशुपालन, मत्स्यपालन लगायतका क्षेत्रमा किसानले औंल्याएका समस्या सूचीकरण गरी सो सम्बन्धि अनुसन्धानबाट विकास एवं सिफारिस भइसकेका प्रविधिको बारेमा जानकारी प्रदान गरिएको थियो ।

सो सत्रमा विषयगत क्षेत्र अनुसार बालीतर्फ वैज्ञानिक डा। नवराज आचार्य र अधिकृत सुमन बोहरा, पशुपालनतर्फ वैज्ञानिक जगन्नाथ बन्जाडे, अधिकृत दुर्गा रावत र डा। चेतमान जिसी, घाँसेबालीतर्फ अधिकृत हरिप्रसाद शर्मा, यान्त्रिकरणतर्फ अधिकृत सागर महर्जन, मत्स्यतर्फ प्राविधिक सुदिप लामिछाने र बागवानीतर्फ प्राविधिक लक्ष्मण भण्डारीले सहजीकरण गर्नुभएको थियो । 

अनुसन्धान परियोजना निर्माण गर्दा अपनाइने विभिन्न चरणहरु मध्ये गाउँस्तरीय योजना बैठक पहिलो चरणको कार्य रहेको र यसबाट संकलन गरिएका समस्याहरुले अनुसन्धानमूलक विषय निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने निर्देशनालयका योजना शाखाका प्राविधिक अधिकृत रविन गिरीले बताउनुभयो ।

कृषकहरुले औंल्याएका कतिपय समस्याको समाधानका लागि पहिले नै प्रविधि हातमा रहे पनि उपलब्ध प्रविधि कृषकसम्म पुग्न नसकेकोले कृषक समस्यामा परेको र कतिपय समस्या नयाँ एवं निरन्तर आइरहने प्रकृतिका हुने हुँदा सो सम्बन्धमा निरन्तर अनुसन्धान गरिरहनुपर्ने गिरीको भनाई छ ।

गाउँस्तरको कार्यक्रम पश्चात प्रदेश स्तरको कृषि प्राविधिक कार्य समूह बैठक आयोजना गर्ने निर्देशनालयको लक्षित कार्यक्रम छ । निर्देशनालयले यस अघि रोल्पाको माडिचौरमा पहिलो गाउँस्तरिय योजना बैठक सम्पन्न गरिसकेको छ ।

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…