Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्ज उपमहानगरपालिकाले ३० नगर प्रहरी थप्यो

डेक्स

डेक्स

नेपालगन्ज उपमहानगरपालिकाले ३० नगर प्रहरी थप्यो
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाले ३० जना नगर रक्षक भर्ना गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सेवा निवृत्तहरुलाई नगर रक्षकका रुपमा भर्ना गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले टेण्डर आह्वान गरेर ठेक्का प्रक्रियामार्फत ३० जना नगर रक्षक भर्ना गरेको हो ।

न्यू बागेश्वरी सरसफाई एण्ड सेक्युरिटी सर्भिसेस प्रालिका सञ्चालक भानु भट्टले भर्ना भएका नगर रक्षक अधिकांश नेपाली सेनाका सेवा निवृत्त जवानहरु रहेको बताउनुभयो । यो संगै अब नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रहरी शाखामा ४१ जना जनशक्ति व्यवस्थापन भएको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा ११ जना नगर प्रहरी कार्यरत थिए । 

नयाँ भर्ना भएका नगर रक्षकलाई नगर प्रमुख प्रशान्त विष्टले आज (विहिबार) निर्देशन दिनुभएको छ । आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रमुख विष्टले निर्देशन दिनुभयो । “तपाईंहरु फुटपाथ, ठेला गाडा, निर्माण सामग्रीको व्यवस्थापनसंगै सहरलाई सफा, स्वच्छ र सुन्दर राख्न दत्तचित्त भएर लाग्नुस्, ठूल्ठूला चाडपर्व आउँदैछन्, यो बेलामा सहरमा हुने भिडभाडदेखि लिएर फोहर व्यवस्थापनको कामका बारेमा पनि तपाईंहरुको चासो र अनुगमन हुनुपर्दछ, उहाँले निर्देशन दिँदै भन्नुभयो–“आन्तरिक राजश्व बृद्धि गर्न पनि यहाँहरुको उल्लेखनीय भूमिका हुन्छ ।” नगर प्रहरी प्रमुख बोगटीले भोलि (शुक्रबार) देखि नगर रक्षकहरु फिल्डमा खटिने जानकारी दिनुभयो ।

उहाँले यो थप भएको जनशक्तिपछि अब काममा अझ सहजता थपिने विश्वास व्यक्त गर्नुभयो । त्यसक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी लगायत उपस्थित हुनुहुन्थ्यो । 

यसैबीच नगर प्रमुख विष्टले आजै (विहिबार) देखि लागू हुने गरी नगर प्रहरीलाई केही निर्देशन दिनुभएको छ । वडा नम्बर १ देखि २० सम्मका सम्पूर्ण फुटपाथ हटाउने, तोकेको ठाउँमा मात्र ठेला गाडा लगाउन दिने, उपमहानगरपालिकाभित्र मालबहाक सवारी साधनहरुलाई विहान ९ बजेसम्म तथा साँझ ६ बजेपछि मात्र लोड अनलोड गर्न दिने, चोक बजार भित्रका ठेला साँझ ५ बजेपछि मात्र लगाउन पाउने र विहान ९ बजेभित्र खाली गरिसक्नुपर्ने, सडकपेटीमा राखेका घर निर्माणका सामग्री ३ दिनभित्र व्यवस्थापन गर्न लगाउने र निर्माण सामग्रीको प्रकृति हेरेर समय थपघट गर्न सक्ने (बढीमा ७ दिन), ट्रान्सपोर्ट, हार्डवेयर पसलहरुलाई बुग्गीको सम्पर्क नम्बर राख्न लगाउने र आवश्यक परेको समयमा बोलाउने तथा बाटोमा बुग्गी राख्न नदिने, त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म तथा गणेशमान चोकदेखि चारबाहिनी रोडसम्म वन–वे कायम गर्ने, गुलरिया बसपार्कमा बस व्यवस्थापन गर्ने लगायतका कार्यहरु कडाईका साथ लागू गर्न नगर प्रमुख विष्टले निर्देशन दिनुभएको हो ।

नगर प्रहरी प्रमुख बोगटीले थप भएको जनशक्तिलाई उचित परिचालन गरेर परिणाम देखिने गरी काम गर्ने बताउनुभयो । 

 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …