Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्ज उपमहानगरपालिकाले ३० नगर प्रहरी थप्यो

डेक्स

डेक्स

नेपालगन्ज उपमहानगरपालिकाले ३० नगर प्रहरी थप्यो
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाले ३० जना नगर रक्षक भर्ना गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सेवा निवृत्तहरुलाई नगर रक्षकका रुपमा भर्ना गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले टेण्डर आह्वान गरेर ठेक्का प्रक्रियामार्फत ३० जना नगर रक्षक भर्ना गरेको हो ।

न्यू बागेश्वरी सरसफाई एण्ड सेक्युरिटी सर्भिसेस प्रालिका सञ्चालक भानु भट्टले भर्ना भएका नगर रक्षक अधिकांश नेपाली सेनाका सेवा निवृत्त जवानहरु रहेको बताउनुभयो । यो संगै अब नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रहरी शाखामा ४१ जना जनशक्ति व्यवस्थापन भएको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा ११ जना नगर प्रहरी कार्यरत थिए । 

नयाँ भर्ना भएका नगर रक्षकलाई नगर प्रमुख प्रशान्त विष्टले आज (विहिबार) निर्देशन दिनुभएको छ । आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रमुख विष्टले निर्देशन दिनुभयो । “तपाईंहरु फुटपाथ, ठेला गाडा, निर्माण सामग्रीको व्यवस्थापनसंगै सहरलाई सफा, स्वच्छ र सुन्दर राख्न दत्तचित्त भएर लाग्नुस्, ठूल्ठूला चाडपर्व आउँदैछन्, यो बेलामा सहरमा हुने भिडभाडदेखि लिएर फोहर व्यवस्थापनको कामका बारेमा पनि तपाईंहरुको चासो र अनुगमन हुनुपर्दछ, उहाँले निर्देशन दिँदै भन्नुभयो–“आन्तरिक राजश्व बृद्धि गर्न पनि यहाँहरुको उल्लेखनीय भूमिका हुन्छ ।” नगर प्रहरी प्रमुख बोगटीले भोलि (शुक्रबार) देखि नगर रक्षकहरु फिल्डमा खटिने जानकारी दिनुभयो ।

उहाँले यो थप भएको जनशक्तिपछि अब काममा अझ सहजता थपिने विश्वास व्यक्त गर्नुभयो । त्यसक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी लगायत उपस्थित हुनुहुन्थ्यो । 

यसैबीच नगर प्रमुख विष्टले आजै (विहिबार) देखि लागू हुने गरी नगर प्रहरीलाई केही निर्देशन दिनुभएको छ । वडा नम्बर १ देखि २० सम्मका सम्पूर्ण फुटपाथ हटाउने, तोकेको ठाउँमा मात्र ठेला गाडा लगाउन दिने, उपमहानगरपालिकाभित्र मालबहाक सवारी साधनहरुलाई विहान ९ बजेसम्म तथा साँझ ६ बजेपछि मात्र लोड अनलोड गर्न दिने, चोक बजार भित्रका ठेला साँझ ५ बजेपछि मात्र लगाउन पाउने र विहान ९ बजेभित्र खाली गरिसक्नुपर्ने, सडकपेटीमा राखेका घर निर्माणका सामग्री ३ दिनभित्र व्यवस्थापन गर्न लगाउने र निर्माण सामग्रीको प्रकृति हेरेर समय थपघट गर्न सक्ने (बढीमा ७ दिन), ट्रान्सपोर्ट, हार्डवेयर पसलहरुलाई बुग्गीको सम्पर्क नम्बर राख्न लगाउने र आवश्यक परेको समयमा बोलाउने तथा बाटोमा बुग्गी राख्न नदिने, त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म तथा गणेशमान चोकदेखि चारबाहिनी रोडसम्म वन–वे कायम गर्ने, गुलरिया बसपार्कमा बस व्यवस्थापन गर्ने लगायतका कार्यहरु कडाईका साथ लागू गर्न नगर प्रमुख विष्टले निर्देशन दिनुभएको हो ।

नगर प्रहरी प्रमुख बोगटीले थप भएको जनशक्तिलाई उचित परिचालन गरेर परिणाम देखिने गरी काम गर्ने बताउनुभयो । 

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…