Pairabi logo

माघ १३, २०८२, सोमबार                    

चेतन मानन्धर प्रकरण : लियो नयाँ मोड

डेक्स

डेक्स

चेतन मानन्धर प्रकरण : लियो नयाँ मोड

घटना हुँदाका प्रत्यक्षदर्शी बायाँबाट क्रमश हिमाल नकबाघ, बतिामाङ गुरुङ र विनय

ADVERTISEMENT

नेपालगन्ज, २४ असोज / आठवर्ष अघि नेपालगन्जमा दुई समुहको भिडन्तमा ज्यान गुमाएका चेतन मानन्धर प्रकरणले नयाँ रुप लिएको छ । घटनाका प्रत्यक्षदर्शीले चेतन मानन्धरलाई आक्रमण हुँदा योगराज ढकाल(रिगल) उक्त स्थानमा नभएको बताएका छन् ।

मृतक चेतन मानन्धरका साथीहरुले नै उक्त घटना हुँदा घटना स्थलमा रिगल नभएको खुलासा गरेका हुन । चेतनमाथि आक्रमण भएपछि उपचारको लागि नेपालगन्ज नर्सिङ होममा लग्ने युवाहरुले नै घटनालाई राजनितिकरण गर्ने प्रयास गरिएको बताएका छन् ।

चेतनलाई घटना स्थलबाट उपचार गर्न लग्ने व्यक्ति हुन नेपालगन्ज–४ बसपार्कका हिमाल नकबाघ । घटनाका प्रत्यक्षीदर्शी हिमालले घटना हुँदा रिगल उक्त स्थानमा नभएको खुलासा गरेका हुन ।  उनले भने,‘घटना हुँदा म चेतनदाईको साथमा थिए ।

हाम्रो समुहलाई आक्रमण भएको थियो । तर त्यतिबेला रिगल दाई त्यहाँ थिएन् । राजनितिक रुपमा रिगलदाईलाई फसाईएको हो । अहिले पनि फसाउने प्रयास गरिदैछ ।’ सडक निर्माणको ठेक्का र अन्य काममा आफनो वर्चस्व गुम्ने डरका कारण बाँके एमालेका नेताहरुले रिगललाई फसाउन लगानी गरिरहेको उनले आरोप लगाए । नर्सिङ होममा चेतनको उपचारमा पनि लापरबाही भएको हिमालले खुलासा गरे । 

घटनाका प्रत्यक्षदर्शी समेत रहेका चेतनका साथी विनय तामाङले पनि आक्रमण हुँदा रिगल घटना स्थलमा नभएको बताएका छन् । चेतनालाई छबिलाल बस्नेतले आक्रमण गरेको बताउँदै विनयले भने,‘छबिलालको समुहले हामीमाथि आक्रमण गरेको हो । रिगल ढकालले होइन । अहिले जे–जति कुरा आएपनि रिगललाई उनका बिरोधीले फेरी फसाउन खोजेका छन् ।’

अर्का प्रत्यक्षदर्शी नेपालगन्ज धम्बोझीका बबी गुरुङले घटना हुँदा रिगलको त्यहाँ उपस्थिती नरहेको बताएका छन् । राजनितिक प्रतिसोधका कारण ढकाललाई फसाउने काम भैरहेको भन्दैं गुरुङले आम जनतासमक्ष रिगल निर्दोश भएको बताए । नेपालगन्जको धम्बोझीमा २०७२ साल असार २८ गते बस समितिको विषयलाई लिएर विवाद भएको थियो ।

उक्त घटनामा मानन्धरको मृत्यु भएपछि ढकाललाई राजनितिक प्रतिसोध साध्नको लागि फसाइएको थियो । आठ वर्षको जेल सजाय पछि कैद मिनाह गरेर आएपछि ढकालको बारेमा सामाजिक संजालमा विभिन्न नकारात्मक टिकाटिप्पणी आइरहेका छन् ।

चेतनकी पुर्व पत्नी भारतीले ढकाललाई सजाय हुनु पर्ने भन्दैं काठमाडौंमा प्रदर्शन गर्दै आएकी छिन् । दाङ कारागारमा रहँदा भारतीले आफुसँग ५० लाख रुपैयाँ मागेको ढकालले सार्वजनिक रुपमा बताएका थिए । आर्थिक प्रलोभन, उस्काहट र राजनितिक प्रतिसोध साध्नको लागि भारतीले बार्गेनिङ गरेको ढकालले आरोप लगाए । मानन्धरको मृत्यु भएपछि भारतीले निमा शेर्पासँग दोस्रो विवाह गरेकी थिईन ।

आफु दाङ कारागारमै भएका बेला भारतीले छोराको नाममा बार्गेनिङ ढकालले बताए । तर आफुले छोराको सम्पुर्ण पढाई र उच्च शिक्षामा सहयोग गर्ने प्रतिवद्धता जनाएपनि ५० लाख भने दिन नसक्ने बताएको ढकालले बताए । यता भारतीले पनि आफुप्रति लगाएका आरोपको खण्डन गर्दै आएकी छिन् ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …