Pairabi logo

असोज २६, २०८३, सोमबार                    

चेतन मानन्धर प्रकरण : लियो नयाँ मोड

डेक्स

डेक्स

चेतन मानन्धर प्रकरण : लियो नयाँ मोड

घटना हुँदाका प्रत्यक्षदर्शी बायाँबाट क्रमश हिमाल नकबाघ, बतिामाङ गुरुङ र विनय

ADVERTISEMENT

नेपालगन्ज, २४ असोज / आठवर्ष अघि नेपालगन्जमा दुई समुहको भिडन्तमा ज्यान गुमाएका चेतन मानन्धर प्रकरणले नयाँ रुप लिएको छ । घटनाका प्रत्यक्षदर्शीले चेतन मानन्धरलाई आक्रमण हुँदा योगराज ढकाल(रिगल) उक्त स्थानमा नभएको बताएका छन् ।

मृतक चेतन मानन्धरका साथीहरुले नै उक्त घटना हुँदा घटना स्थलमा रिगल नभएको खुलासा गरेका हुन । चेतनमाथि आक्रमण भएपछि उपचारको लागि नेपालगन्ज नर्सिङ होममा लग्ने युवाहरुले नै घटनालाई राजनितिकरण गर्ने प्रयास गरिएको बताएका छन् ।

चेतनलाई घटना स्थलबाट उपचार गर्न लग्ने व्यक्ति हुन नेपालगन्ज–४ बसपार्कका हिमाल नकबाघ । घटनाका प्रत्यक्षीदर्शी हिमालले घटना हुँदा रिगल उक्त स्थानमा नभएको खुलासा गरेका हुन ।  उनले भने,‘घटना हुँदा म चेतनदाईको साथमा थिए ।

हाम्रो समुहलाई आक्रमण भएको थियो । तर त्यतिबेला रिगल दाई त्यहाँ थिएन् । राजनितिक रुपमा रिगलदाईलाई फसाईएको हो । अहिले पनि फसाउने प्रयास गरिदैछ ।’ सडक निर्माणको ठेक्का र अन्य काममा आफनो वर्चस्व गुम्ने डरका कारण बाँके एमालेका नेताहरुले रिगललाई फसाउन लगानी गरिरहेको उनले आरोप लगाए । नर्सिङ होममा चेतनको उपचारमा पनि लापरबाही भएको हिमालले खुलासा गरे । 

घटनाका प्रत्यक्षदर्शी समेत रहेका चेतनका साथी विनय तामाङले पनि आक्रमण हुँदा रिगल घटना स्थलमा नभएको बताएका छन् । चेतनालाई छबिलाल बस्नेतले आक्रमण गरेको बताउँदै विनयले भने,‘छबिलालको समुहले हामीमाथि आक्रमण गरेको हो । रिगल ढकालले होइन । अहिले जे–जति कुरा आएपनि रिगललाई उनका बिरोधीले फेरी फसाउन खोजेका छन् ।’

अर्का प्रत्यक्षदर्शी नेपालगन्ज धम्बोझीका बबी गुरुङले घटना हुँदा रिगलको त्यहाँ उपस्थिती नरहेको बताएका छन् । राजनितिक प्रतिसोधका कारण ढकाललाई फसाउने काम भैरहेको भन्दैं गुरुङले आम जनतासमक्ष रिगल निर्दोश भएको बताए । नेपालगन्जको धम्बोझीमा २०७२ साल असार २८ गते बस समितिको विषयलाई लिएर विवाद भएको थियो ।

उक्त घटनामा मानन्धरको मृत्यु भएपछि ढकाललाई राजनितिक प्रतिसोध साध्नको लागि फसाइएको थियो । आठ वर्षको जेल सजाय पछि कैद मिनाह गरेर आएपछि ढकालको बारेमा सामाजिक संजालमा विभिन्न नकारात्मक टिकाटिप्पणी आइरहेका छन् ।

चेतनकी पुर्व पत्नी भारतीले ढकाललाई सजाय हुनु पर्ने भन्दैं काठमाडौंमा प्रदर्शन गर्दै आएकी छिन् । दाङ कारागारमा रहँदा भारतीले आफुसँग ५० लाख रुपैयाँ मागेको ढकालले सार्वजनिक रुपमा बताएका थिए । आर्थिक प्रलोभन, उस्काहट र राजनितिक प्रतिसोध साध्नको लागि भारतीले बार्गेनिङ गरेको ढकालले आरोप लगाए । मानन्धरको मृत्यु भएपछि भारतीले निमा शेर्पासँग दोस्रो विवाह गरेकी थिईन ।

आफु दाङ कारागारमै भएका बेला भारतीले छोराको नाममा बार्गेनिङ ढकालले बताए । तर आफुले छोराको सम्पुर्ण पढाई र उच्च शिक्षामा सहयोग गर्ने प्रतिवद्धता जनाएपनि ५० लाख भने दिन नसक्ने बताएको ढकालले बताए । यता भारतीले पनि आफुप्रति लगाएका आरोपको खण्डन गर्दै आएकी छिन् ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…