Pairabi logo

माघ १३, २०८२, सोमबार                    

तीन दिने रणनितिक योजना तर्जुमा गोष्ठि

डेक्स

डेक्स

तीन दिने रणनितिक योजना तर्जुमा गोष्ठि
ADVERTISEMENT

 बाँके युनेस्को क्लबको क्षमता सबलीकरणका लागि तीन दिने समिक्षा तथा रणनितिक योजना तर्जुमा कार्यशाला गोष्ठि सम्पन्न गरिएको छ । संस्थाको परिकल्पना, ध्येय, उदेश्य, रणनितिक योजना र अन्य निति बारे समिक्षा गर्दै संस्थाको सबलीकरण र संस्थागत विकासका लागि सो कार्यशाला गोष्ठिको आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । 

प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँकेको गाभरमा आयोजना गरिएको सो कार्यशाला गोष्ठिमा संस्थाका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, विभिन्न परियोजनामा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो । 

सो महत्वपुर्ण कार्यशालाको सहजकर्ता मधु दवाडी रहनु भएको थियो भने कार्यशालाबाट संस्थाको रणनैतिक योजना निर्माणमा सहजता भएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष तुलाधरको सभापतित्वमा सम्पन्न भएको कार्यशालाको समापन कार्यक्रममा क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, पुर्व अध्यक्ष राजेन्द्र चौधरी, महासचिव बुधेश जयसवाल, कोषाध्यक्ष फिरदौस जहाँ र कार्यसमिति सदस्य मिना भुषाल लगायतको उपस्थिति रहेको थियो । 

समापन कार्यक्रममा सहभागिको तर्फबाट क्लबका कार्यक्रम अधिकृत गुलाम गौस, चोमलुंगा युनेस्को क्लबका अनिसा न्यौपाने र क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले कार्यशाला निकै उपलब्धीमुलक भएको र यसले संस्थालाई सबलीकरण गर्न ठुलो सहयोग गरेको प्रतिक्रिया दिनुभयो । 

क्लबका कार्यक्रम संयोजक महेश नेपालीले सञ्चालन गर्नु भएको सो समापन कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष तुलाधरले सहभागिहरुको उत्कृष्ठ सहभागिता र सहजीकरण गर्ने व्यक्तित्वको मिहिनेतले क्लबको संस्थागत विकासमा ठुलो योगदान पुगेको भएको बताउनुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …