Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

मिसन ८४को अभियान जनताको हो : रवि लमिछाने

डेक्स

डेक्स

मिसन ८४को अभियान जनताको हो : रवि लमिछाने
ADVERTISEMENT

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन मिसन–८४ आफ्नो पार्टीको पक्षमा हुने दाबी गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेद्धारा आज यहाँ आयोजित नेपालगञ्ज नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाहिर राखेर प्रमुख राजनितिक दलहरु मिलेर सरकार बनाउन सुझाव दिनुभयो । 

पार्टी सभापति लामिछानेले भन्नुभयो,–‘लामो समयदेखि सत्तामा रहेका दल र नेताले अब पनि मिसन ८४ भन्नु फेरि पनि जनतामाथिको बेइमानी र धोका हो, मिसन ८४ को अभियान राजनीतिक दलले नभइ जनताले चलाउनुपर्ने अभियान हो ।

बर्तमान सरकारलाई शङ्काको सुविधा दिएर समर्थन जनाएको भन्दै सभापति लामिछानेले सरकारले प्रत्येक दिन जनविरोधी र देश बिरोधी निर्णय गर्दैआएको आरोप लगाउनुभयो । सरकारको निर्णयको बिरोध गर्ने हो भने माइतीघर मण्डलामै बास हुने भन्दै उहाँले सरकारको ध्यान अलोकप्रिय निर्णयमा जाने गरेको बताउनुभयो । 

अनुसन्धानमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई सरुवा गरेर सरकारले थप ब्यक्तिलाई जोगाउने काम गरिरहेको उहाँको भनाइ छ । राजनीतिक दलका नेताहरु कमाउधन्दामा लागेका कारण देश बन्न नसकेको भन्दै राजनीतिक दलका भातृ सङ्गठनका कारण पनि समस्या उत्पन्न हुनेगरेको उहाँको भनाइ छ ।

राजनीतिक दलको नेतृत्वले मतदातालाई नभई चन्दादातालाई हेरेर कानून बनाउने गरेको भन्दै उहाँले राजनीतिक दलको नेतृत्वका कारण देशले दुःख पाएको टिप्पणी गर्नुभयो । उहाँले जनताले सिटामोल र जीवनजल नपाउने तर नेताहरु विदेशमा उपचार गर्न जाने प्रचलन बन्द गर्नुपर्नेमा जोड दिनुभयो । 

पार्टीमा परिवारवाद, आफन्तवाद र कार्यकर्तावाद निषेध गरिएको भन्दै उनले ब्यक्तिको आदेशमा नभइ विधीको शासनमा पार्टी सञ्चालन भइरहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य रमेश प्रसाई, प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी लगायतले सम्बोधन गर्नुभएको थियो । 
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…