Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण बढ्दै

डेक्स

डेक्स

बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण बढ्दै
ADVERTISEMENT

बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । भेरी अस्पतालमा आएका बिरामीको नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएर बिरामी बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा खगेन्द्रजङ्ग शाहले बताउनुभयो । 

उहाँका अनुसार विगत दुई सातादेखि इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको हो । अस्पतालले उपचारका लागि आएका बिरामीमध्येबाट सङ्कलित नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको छ ।

साप्ताहिकरूपमा पठाउने गरिएको नमूनामा इन्फ्लुएन्जा देखिएको अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिनुभयो । इन्फ्लुएन्जाको सङ्क्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिन्छन् । पछिल्लो एक सातादेखि इन्फ्लुएन्जाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । मौसम परिवर्तन हुने समयमा देखिने भएकाले बिरामी बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ । 

“मौसमी इन्फ्लुएन्जा एक किसिमको भाइरसको सङ्क्रमण हो, यसलाई ‘फ्लू’ पनि भन्ने गरिन्छ, मौसम परिवर्तन हुने समयमा लाग्ने रुघाखोकी नै ‘इन्फ्लुएन्जा’ अर्थात् मौसमी फ्लू हो, इन्फ्लुएन्जा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ”, उहाँले भन्नुभयो, “यो निकै सङ्क्रामक हुन्छ, सङ्क्रमित मानिसको श्वासप्रश्वासबाट सहजै फैलिन्छ, बिरामी नजिक जानु नै पहिलो जोखिम हो ।” 

परिवारको एक सदस्यबाट अरूमा, विद्यालय र होस्टलका विद्यार्थीमा एक–अर्कामा सर्ने जोखिम अत्यधिक हुन्छ । चिकित्सकका अनुसार यस समयमा भाइरसको सङ्क्रमण तीव्रगतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुन्छ ।

अस्पतालमा अहिले दैनिक रुघाखोकीका बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार समुदायस्तरमा इन्फ्लुएन्जा फैलिरहेको छ । भेरी अस्पतालको बहिरङ्ग सेवामा जाँच गराउन आउनेमध्ये दैनिक ३०–३५ जनामा रुघाखोकीको समस्या देखिन्छ । त्यसमध्ये अधिकांशमा इन्फ्लुएन्जा पुष्टि हुने गरेको छ ।

चिकित्सकका अनुसार इन्फ्लुएन्जा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन् । नेपालमा भने इन्फ्लुएन्जाका विभिन्न प्रकारमध्ये ए र बी बढी देखिने गरेको चिकित्सक बताउँछन् । फ्लूका कारण अचानक ज्वरो आउने, रुघाखोकी लाग्ने, थकान महसुस हुने, नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने, शरीर दुख्नेजस्ता लक्षण देखिन्छन् । त्यस्तै आँखाको नानी, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी बस्ने, श्वासप्रश्वासमा समस्या देखिने, बालबालिकामा पखाला लाग्नेजस्ता लक्षण देखिन्छ ।

फ्लू सङ्क्रमण हुँदा सुरुमा रुघा लाग्ने तथा भाइरसको सङ्क्रमण कडा बन्दै जाँदा श्वासप्रश्वासमा समस्या निम्तिएर मानिसको मृत्यु पनि हुन्छ । फ्लूका लक्षण सामान्यतया सात दिनसम्म रहने र विस्तारै हराउँदै जाने चिकित्सक बताउँछन् । 

डा पाण्डेका अनुसार ज्येष्ठ नागरिक, दीर्घरोगी, कुपोषित बालबालिका, नियमित औषधि सेवन गर्ने मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरामीलाई फ्लूले बढी असर गर्दछ । विभिन्न किसिमका भाइरल सङ्क्रमणबाट जोगिन इन्फ्लुएन्जाविरुद्ध खोप लगाउन उचित हुने उहाँको सुझाव छ । इन्फ्लुएन्जाविरुद्धको खोप मुटु र श्वासप्रश्वासको समस्या भएका बालबालिकालाई अनिवार्य दिइन्छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…