Pairabi logo

माघ १३, २०८२, सोमबार                    

पत्रकारहरुको मिर्गौला परीक्षण

डेक्स

डेक्स

पत्रकारहरुको मिर्गौला परीक्षण
ADVERTISEMENT

नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त ‘चाचाजी’ को ९५ औं जन्मजयन्तीका अवसरमा सञ्चारकर्मीकाे निःशुल्क मिर्गाैला परीक्षण गरिएको छ ।

युनियन बाँकेले विगतकाे वर्षझै यसवर्ष पनि सञ्चारकर्मीको निःशुल्क मिर्गाैला परीक्षण गरेकाे हाे । युनियन बाँके र बरिष्ठ पत्रकार पन्नालाल गुप्त प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको सहकार्यमा मंगलबार साे शिविर गरिएको हो ।

हस्पिटल परिसरमा बिहान आयोजित कार्यक्रमको उद्घाटन नेपाल प्रेस युनियनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी र प्रतिष्ठानका अध्यक्ष बिजय गुप्ताले गर्नुभएको थियो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्वमा संचालन गरिएको उद्घाटन कार्यक्रममा वक्ताहरूले युनियनका संस्थापक तथा सेनानी गुप्तकाे जीवनशैलीकाे स्मरण गरेका थिए ।

साे शत्रमा बाेल्दै केन्द्रीय वरिष्ठ उपाध्यक्ष केसीले स्वर्गीय चाचाजीले आफ्नो जीवनकालमा सधैं साईकल चलाउने गरेको स्मरण गर्दै सञ्चारकर्मी स्वस्थ हुनका लागि नियमित रुपमा साईकल चलाउनुपर्नेमा जाेड दिनुभयाे । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुकऋषि चाैलागाईले चाचाजीले पत्रकाररिताकाे मर्यादालाई विशेष ध्यान दिएकाे बताउनुभयाे ।

युनियन बाँकेका अध्यक्ष ढकालले सञ्चारकर्मीका लागि स्वास्थ्य नै महत्वपुर्ण भएकाले विगतका वर्षझै यसपटक पनि युनियन बाँकेले निःशुल्क मिर्गाैला परिक्षण कार्यक्रम राखेको बताउनुभयो । युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव भिष्म लोधले गर्नुभएको थियो ।

शिविरमामा ७६ जना सञ्चारकर्मीले मिर्गौलाकाे चेकजाँच गराएको सचिव लोधले जानकारी दिनुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …