Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

डेक्स

डेक्स

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
ADVERTISEMENT

नेपालगन्ज । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङको निधनप्रति दुस्ख व्यक्त गरेको छ।

पर्यटन मन्त्री सुदन किराँतीका अनुसार संविधान निर्माण प्रक्रियामा नेम्वाङले खेलेको भूमिकाको सम्मान गर्दै राष्ट्रिय सम्मान दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।

‘राजकीय सम्मान दिने र जुन दिन अन्त्येष्टि गर्ने हो त्यो दिन सरकारले बिदा दिने निर्णय भएको छ,’ उनले भने, ‘छोराहरू विदेशमा हुनुहुँदो रहेछ। उहाँहरू आएपछि अन्त्येष्टि गर्ने परिवारका सदस्यहरूले बताउनुभएको रहेछ।’

हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।

सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो।

२०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए।

पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरबस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए। नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।

०५४ सालमा एमालेका केन्द्रीय कमिटी सदस्य भएका नेम्वाङ ०७८ मंसिरमा चितवनको सौराहमा भएको पार्टीको दशौं महाधिवशेनबाट उपाध्यक्ष चयन भएका थिए। एमालेका धेरै नेताहरू उनको अभिभावकीय भूमिकाको स्मरण गर्छन्।

नेम्वाङका दुबै छोरा विदेशमा भएकाले उनको अन्तिम संस्कार बुधबार अपराह्नमात्रै गरिने एमालेले जनाएको छ।

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…