Pairabi logo

पुस २७, २०८२, आइतबार                    

नेपालगन्जमा गरिबसँग स्थानीय सरकार

डेक्स

डेक्स

नेपालगन्जमा गरिबसँग स्थानीय सरकार
ADVERTISEMENT

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसँंग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो । यो कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्विकृत भई नेपालगञ्ज राजपत्रमा प्रकाशन भएपछि लागू हुने सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले जानकारी दिनुभयो । 
उक्त कार्यविधिको मस्यौदा कार्यविधि संशोधन कार्यदलले सामाजिक विकास समिति संयोजक कौशलकुमार धोवीलाई हस्तान्तरण गरेको छ । कार्यदल संयोजक गोविन्दप्रसाद रेग्मीले उक्त मस्यौदा हस्तान्तरण गर्नुभएको हो ।
साउन २५ गते बसेको सामाजिक विकास समितिको बैठकले रेग्मीको संयोजकत्वमा लक्ष्मण बर्मा र विना थापा सदस्य तथा जोशी सदस्य सचिव रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो । उक्त कार्यदललाई १५ दिनको समय दिइएको थियो । कार्यदलले बुझाएको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ् चालन कार्यविधि २०८०’ को मस्यौदा सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीले नगरप्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गर्नुभएको छ । अब नगरप्रमुख विष्टले तोक लगाएपछि उक्त मस्यौदा नगर कार्यपालिकामा प्रस्तुत हुनेछ । नगर कार्यपालिकाबाट पारित भएपछि राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइनेछ ।
‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ मार्फत नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बसोबास गरिरहेका लक्षित समुदायहरुमध्ये आर्थिक क्रियाकलापका दृष्टिले निष्क्रिय जनशक्तिलाई व्यवसायिक गतिविधिहरुमा सरिक गराउन नवीनतम प्रविधि, ज्ञान र सीपका आधारमा व्यवसायिक लगानी योजना तयार गरेर उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने गरी प्रस्तावित योजनाका लागि कर्जा उपलब्ध गराइनेछ ।
सहरी सुशासन, जनसहभागिता प्रबद्र्धन र आर्थिक सशक्तिकरण गरी सबै नगरबासीहरुले देखेको आफ्नो समृद्धिको परिकल्पना साकार पार्न सक्ने गरी ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम’ संचालन गर्न बाञ्छनीय देखिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।  
 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…