Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्जको छाडा चौपाया व्यवस्थापन गरिदै

डेक्स

डेक्स

नेपालगन्जको छाडा चौपाया व्यवस्थापन गरिदै
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजान थालेको छ । बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाई–गोरु र घोडा–खच्चडलाई आज विहान वडा नम्बर २१ विर्तास्थित कान्जीहाउसमा लगिएको  छ ।

बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि ५० वटा गाई–गोरु र ३२ वटा घोडा–खच्चडलाई कान्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताउनुभयो । नगरका विभिन्न भागमा छरिएर रहेको छाडा पशुचौपायालाई एकिकृत गरेर एकसाथ कान्जीहाउस पुर्याइएको थियो ।

नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको टोलीले छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याएको हो । त्यसक्रममा प्रहरी तालिम केन्द्रका प्रहरी जवानहरुले विशेष भूमिका निभाएका थिए । 

छाडा पशुचौपायालाई कान्जीहाउस लैजाने क्रममा नगर प्रमुख प्रशान्त विष्ट पनि संगसंगै पुग्नुभएको थियो । कान्जीहाउस पुगेर नगर प्रमुख विष्टले त्यहाँको अवस्थाबारे जानकारी समेत लिनुभएको छ ।

नगर प्रमुख विष्टले कान्जीहाउसका कर्मचारीलाई पशुचौपायाहरुको राम्रोसंग रेखदेख गर्न निर्देशन दिनुभयो । उहाँले पशुचौपायाको खानपिनमा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो । 

भोलि कान्जीहाउसमा पशु स्वास्थ्य शिविर राखेर पशुहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने विष्टले बताउनुभयो । त्यसका लागि पशु शाखालाई निर्देशन दिइसकिएको उहाँको भनाई छ । छाडा पशुचौपायाका दीर्घकालीन व्यवस्थापनका लागि नेपालगञ्ज उपहानगरपालिकाले राप्तीसोनारी गाउँपालिकासंग समन्वय र सहकार्य गरेर काम गरिरहेको छ ।

नगर प्रमुख विष्टसंगै प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला लगायत कान्जीहाउस पुग्नुभएको थियो । पशुधनीले नै जथाभावीरुपमा घोडा–खच्चड र गाई–गोरु छोड्दा छाडा पशुचौपाया नियन्त्रणमा कठिनाई भइरहेको छ ।

कान्जीहाउस पुर्याएका आफ्ना जनावर लिन पुग्ने पशुधनीहरुले जरिवाना तिर्नुपर्ने हुन्छ । उनीहरुलाई अब उप्रान्त पशुचौपाया छाडा नछोड्ने लिखित प्रतिबद्धता गरेर मात्र बस्तुभाउ फिर्ता गरिने नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …