Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

महेन्द्र पुस्तकालयको १८औँ साधारणसभा

डेक्स

डेक्स

महेन्द्र पुस्तकालयको १८औँ साधारणसभा
ADVERTISEMENT

नेपालगन्जस्थित ऐतिहासिक सामुदायिक पुस्तकालय महेन्द्र पुस्तकालयको १८ औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यता र पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा सम्पन्न साधारण सभाले पुस्तकालयको आगामी कार्यक्रम र बजेट पारित गरेको छ ।

पुस्तकालयका सचिव मणि अर्यालले प्रस्तुत गरेको कार्ययोजनामा पुस्तकालयलाई थप व्यवस्थित गर्दै लैजाने र बाल कक्ष थप गर्ने कार्यक्रम समावेश छन् । यसैगरी ई पुस्तकालयका लागि आवश्यक सरसाधन व्यवस्थापन भइसकेकोमा अब त्यसलाई सन्चालनमा ल्याउन कर्मचारीलाई तालिमदेखि प्रविधिको व्यवस्थापनसम्मका योजनाहरु पुस्तकालयले तय गरेको छ ।

पुस्तकालयको कार्यसमितिले गएको एक वर्षमा पुस्तकहरुको सफाई गर्ने, रेकर्ड व्यवस्थापन गर्ने, पाठकहरुले पुस्तक पढ्न पाउनेगरी वाचनालय सन्चालनमा ल्याउने, शौचालय, कार्यालय कक्ष, गेट लगायतका संरचना मर्मत सम्भार, रंगरोगन र दराजको व्यवस्थापनलगायतका काम गरेको जनाएको छ ।

गत आर्थिक वर्ष २०८९—८० मा पुस्तकालयले ३० लाख २४ हजार बढीको आर्थिक जोहो गरी कामहरु सम्पन्न गरेको जनाएको छ । चालु आर्थिक वर्ष २०८०—८१ मा ३७ लाख ६६ हजार बढीको बजेट तय गरेको छ । यस वर्षमा पुस्तकालयमा बाल कक्ष निर्माण गर्ने, बरण्डा कभर गर्ने र पुस्तकालयमा सिसिटिभी जडान गर्ने मुख्य योजना रहेका पुस्तकालयका अध्यक्ष यादवले जानकारी दिनुभयो । 

यसैबीच, साधारणसभाअघि पुस्तकालय दिवसका अवसरमा माधुरी—बद्रीविक्रम व्याख्यानमालाको पहिलो श्रृंखलामा प्रा.डा. भट्टराईले सामाजिक ‘सामाजिक सद्भाव स्थापनामा साहित्यको भूमिका’ विषयमा व्याख्यान प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा माधुरी—बद्रिविक्रम सेवा गुठीले भट्टराईलाई २५ हजार राशीको माधुरी बद्रीविक्रम स्मृति सम्मान प्रदान गरेको थियो ।

साथै कार्यक्रममा महेन्द्र पुस्तकालयको मुखपत्र ‘वाङ्मय जगत्’ को विमोचनसमेत प्रा.डा. भट्टराईले गर्नुभयो । साधारण सभाको उद्घाटन शत्रमा लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादव, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्की, माधुरी बद्रीविक्रम सेवा गुठीका कोषाध्यक्ष किरण थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 


 
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…