Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

डुडुवाद्वारा धानको मूल बीउ उत्पादन शुरु

डेक्स

डेक्स

डुडुवाद्वारा धानको मूल बीउ उत्पादन शुरु
ADVERTISEMENT

किसानलाई बीउ वितरण गर्न बाँकेको डुडुवा गाउँपालिकाले यस वर्षदेखि बीउ उत्पादनको काम सुरु गरेको छ । यस वर्ष धान रोपाइँ हुनुअगावै धानको मुल बीउ उत्पादन गर्न पालिकाअन्तर्गत करिब ३० हेक्टर जमिनमा बीउ छरिएको छ ।

किसानको जमिनमा लगाइएको मूल बीउपछि उन्नत बीउ तयार गरी आगामी वर्ष किसानलाई वितरण गरिने कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार ३० हेक्टर जमिनमा लगाइएको बीउबाट ९० टन उन्नत जातको बीउ तयार गरी सहकारीमार्फत किसानलाई वितरण गरिनेछ ।

नब्बे टन बीउले एक हजार पाँच सय हेक्टर जमिनमा धान लगाउन पुग्ने हिसाबले यो वर्ष राधा–४ र रामधानको मूल बीउ उत्पादन गरिने कृषि शाखाले जनाएको छ । मूल बीउ उत्पादनपछि बीउबिजन प्रयोगशालाले प्रमाणीकरण गरेपछि मात्र पालिकाले कृषि प्रशोधन केन्द्रमा भण्डारण गर्ने शाखा प्रमुख शर्माले बताउनुभयो ।

बीउ लगाएदेखि उत्पादनसम्म कृषि प्राविधिकको टोलीले चार पटकसम्म प्रमाणीकरण गर्न अनुगमन गरिने छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र ९नार्क० खजुराबाट रु ८५ प्रतिकिलो दरमा बीउ खरिद गरी ल्याइएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र सामग्री र सिँचाइ सेवा उपलब्ध गराइएको शाखा प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार डुडुवा गाउँपालिकाले यस वर्ष धान बीउ उत्पादनका लागि रु २० लाखको लगानी गरेको छ । यो वर्ष उत्पादित बीउलाई आगामी वर्ष किसानलाई सहकारीमार्फत सहुलियत दरमा किसानलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

पालिकाले उन्नत जातको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । धानको उन्नत बीउ तयार भएपछि यस वर्षदेखि पालिकाले निर्माण गरेको अत्याधुनिक बीउ प्रशोधन केन्द्रमा बीउ भण्डारणको काम सुरु गर्ने जनाएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले गहुँ, मकै र मसुरोको बीउ उत्पादन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार बीउ उत्पादन तथा भण्डारणपछि पालिकाका कुनै पनि किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था आउँदैन, पालिकाले नै सहुलियत दरमा बीउ र मलखाद वितरण गरी कृषि उत्पादनमा वृद्धि गर्ने छ ।

अध्यक्ष चौधरीले किसानलाई बीउमा आत्मनिर्भर गराउने पालिकाको रणनीतिअनुसार बीउ भण्डार सुरु गरेको र बीउ प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित छ सय मेट्रिक टन क्षमताको बीउ भण्डारण घर स्थापना गरिएको छ । 

डुडुवाको कुल क्षेत्रफल नौ हजार एक सय २८ हेक्टर रहेको छ । त्यसमा खेतीयोग्य जमिन चार हजार दुई सय १८ दशमलव ०९ हेक्टर रहेको छ । वडाअनुसार हेर्दा सबैमा आधा क्षेत्रफलमात्रै खेतीयोग्य जमिन छन् । पालिकामा धानबालीको औसत उत्पादन प्रतिहेक्टरमा चार दशमलव तीन मेट्रिक टन रहेको छ । मकैबाली प्रतिहेक्टरमा ८० मेट्रिक टन, आलु प्रतिहेक्टरमा २८ मेट्रिक टन र तरकारी बाली प्रतिहेक्टरमा १० मेट्रिक टन उत्पादन हुने गर्दछ । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…