Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

विपन्न र एकल महिलाका लागि सिलाई कटाई तालिम

डेक्स

डेक्स

विपन्न र एकल महिलाका लागि सिलाई कटाई तालिम
ADVERTISEMENT

 बाँके युनेस्को क्लबद्धारा नेपालगन्जमा विपन्न, एकल र असहाय महिलाहरुकालागि तीनमहिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ ।
कतार च्यारिटीको साझेदारीमा बाँके युनेस्को क्लबले शुक्रवारदेखी सो तालिम यहाँ सञ्चालन गरेको हो । 
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र युनेस्को बाँकेका अध्यक्ष रबि तुलाधरले संयुक्त रुपमा सो तालिमको उदघाटन एक समारोहका विच गर्नुभयो । 
सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य केसीले यस्तो सिपमुलक तालिमबाट विपन्न, एकल र असहाय महिलाहरुलाई जिवीकोपार्जन गर्न सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । 
उहाँले यस्ता तालिमहरु सहभागीहरुको बाच्ने आधार समेत हुन सक्ने भन्दै यसको सदुपयोग गर्न सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो । त्यस्तै स्थानियस्तरमा समुदायकालागि विभिन्न कामहरु गरेकोमा केसीले बाँके युनेस्कोको प्रशंसा पनि गर्नुभयो ।
तीन महिनासम्म संचालन हुने सो तालिममा अति बिपन्न, असहाय र एकल महिला गरि २३ जना महिलाको सहभागिता रहेको युनेस्को बाँकेका अध्यक्ष रवि तुलाधरले जानकारी दिनुभयो । प्रशिक्षार्थीहरुलाई प्रशिक्षक आमना हल्वाईले प्रशिक्षण दिने युनेस्कोले जनाएको छ ।
युनेस्कोका प्रमुख संरक्षक प्रबेज अलि सिद्दिकीले आगामी दिनमा पनि क्लबले समुदायकालागि विभिन्न परियोजनाहरु संचालन गर्ने आश्वासन दिनुभयो । यसको लागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने जनाउँदै सो का लागि उहांले अनुरोध गर्नुभयो ।  
एकीकृत बिकास कार्यक्रम, जीविकोपार्जन सहयोग परियोजना अन्तरगत तालिम संचालन गरिएको कार्यक्रम संयोजक बिनिता आर.सी.ले बताउनुभयो । 
क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले स्वागत गर्नु भएको कार्यक्रममा बागेश्वरी बहुद्देशीय कृषि बजार सहकारी संस्थाका अध्यक्ष कमला न्यौपाने, खजुरा गाउँपालिका खेलकुद समितीका सचिव छवि बिष्ट, क्लबका सल्लाहकार सिराज खान, नरेन्द्र थापा र कार्यक्रम अधिकृत गुलाम गौस, नदिम शाहलगायतको सहभागिता रहेको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…