Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

मुगुमा सडक दुर्घटना दुईको मृत्यु, पाँच जना गम्भीर

डेक्स

डेक्स

मुगुमा सडक दुर्घटना दुईको मृत्यु, पाँच जना गम्भीर
ADVERTISEMENT

मुगुको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे सोरुकोटबाट छुटेको ग १ ज ७७६२ नम्बरको जिप सोही गाँउपालिका–६ सिपपहिरो भन्ने स्थानमा पुग्दा दिउँसो ४ बजे सडकबाट चिप्लिँदा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

जिप सडकबाट अन्दाजी तीन सय मिटर तल मुगु कर्णाली छेउ पुगेको र जिपमा सवार नौजना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक मोहन बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पाँच जनाको अवस्था चिन्ताजनक रहेको र दुईको अवस्था सामान्य रहेको छ । 

घाइतेहरूको उपचार र मृतकको पोष्टमार्टम गर्न उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित एम्बुलेन्स घटनास्थलतर्फ गए पनि छायाँनाथ रारा नगरपालिका–३ फुली र आँसीधारा गाउँको बीचमा तीन ठाउँमा पहिरो गएकाले टोली अगाडि बढ्न सकेको छैन । 

घटनास्थलबाट घाइते र मृतकहरूलाई आँसीधारा गाउँसम्म जिपमा ल्याइँदै गरेको र फुलीबाट स्ट्रेचरसहित हिँडेको प्रहरीले स्ट्रेचरमा बोकेर फुलीबाट एम्बुलेन्समा राखी जिल्ला अस्पताल मुगुमा ल्याइने पनि प्रनाउ बस्नेतले बताउनुभयो ।

जिपमा सवार अधिकांश हुम्ला जिल्लाका भएको बुझिए पनि उनीहरूको सनाखत हुन सकेको छैन । प्रनाउ बस्नेतले पहिचानभन्दा पनि उद्धारलाई प्रहरीले प्राथमिकता दिएको र जिल्ला अस्पतालमा पुगेपछि सबैको पहिचान एकिन गर्ने जानकारी दिनुभयो । 

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट तीन घण्टा सडक दूरी रहेको र सडकको अवस्था राम्रो नभएकाले घाइतेहरूलाई  राति १०:११ बजेसम्ममा जिल्ला अस्पताल मुगुमा पु¥याउन सकिने प्रहरीले बताएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…