Pairabi logo

असोज २८, २०८३, बुधबार                    

डुडुवामा काँग्रेसको आन्तरिक विशेष अभियान

डेक्स

डेक्स

डुडुवामा काँग्रेसको आन्तरिक विशेष अभियान
ADVERTISEMENT

नेपालगन्ज २४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले संगठनलाई अझ सुदृढ र गतिशील बनाउन पार्टीभित्र सुदृढिकरण अभियान सञ्चालन गरेको बताउनुभएको छ । 

नेपाली काँग्रेस डुडुवा गाउँपालिकाद्धारा आज बुधबार डुडुवामा आयोजित विशेष आन्तरिक अभियानलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले देशकै ठुलो पार्टी र सबैको भावना बुझ्ने एक मात्र पार्टी काँग्रेसलाई सवल बनाउनुपर्नेमा जोड दिदै प्रजातन्त्र र लोकतन्त्रको मुल्य मान्यतामा अघि बढने पार्टीको सच्चा कार्यक्रता बन्न आग्रह गर्नुभयो । 

सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियानका केन्द्रिय प्रतिनिधिका रुपमा खटिनुभएका नेता गिरीले पार्टीको संगठन कसरी चलिरहेको छ, स्थानीयस्तरमा यसको अवस्थाबारे सल्लाह सुझाव संकलन गरि त्यस अनुरुप पार्टी सुदृढिकरण हुने बताउनुभयो । 

कार्यक्रममा काँग्रेस बाँके सभापति नारायण प्रसाद गौडेलले पार्टीको संगठन सुदृढिकरणमा जोड दिदै क्रियाशिल सदस्यता तथा नविकरणको कार्यलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता गर्नुभयो । 

कार्यक्रममा जिल्ला उपसभापति कृष्ण कार्की, महासमिति सदस्य तथा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, क्षेत्र नंं २ (क)का सभापति ज्ञानेन्द्र कुमार चौधरी लगायतले बोल्नुभएको थियो । 

काँग्रेस डुडुवाका सभापति विजयकुमार यादवको अध्यक्षतामा सम्पन्न अभियान कार्यक्रमको संञ्चालन प्रदेश का सचिव बेलबहादुर बोहराले गर्नुभएको थियो । कार्यक्रममा डुडुवा गाउँपालिकाको वार्ड नं. १देखि ६ सम्मका सम्पुर्ण क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो । 

काँग्रेस बाँकेले ’सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान’ सुरुवात गरेको छ । साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने अभियानका क्रममा आज डुडुवामा कार्यक्रम गरिएको हो । 

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…