Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

डुडुवामा काँग्रेसको आन्तरिक विशेष अभियान

डेक्स

डेक्स

डुडुवामा काँग्रेसको आन्तरिक विशेष अभियान
ADVERTISEMENT

नेपालगन्ज २४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले संगठनलाई अझ सुदृढ र गतिशील बनाउन पार्टीभित्र सुदृढिकरण अभियान सञ्चालन गरेको बताउनुभएको छ । 

नेपाली काँग्रेस डुडुवा गाउँपालिकाद्धारा आज बुधबार डुडुवामा आयोजित विशेष आन्तरिक अभियानलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले देशकै ठुलो पार्टी र सबैको भावना बुझ्ने एक मात्र पार्टी काँग्रेसलाई सवल बनाउनुपर्नेमा जोड दिदै प्रजातन्त्र र लोकतन्त्रको मुल्य मान्यतामा अघि बढने पार्टीको सच्चा कार्यक्रता बन्न आग्रह गर्नुभयो । 

सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियानका केन्द्रिय प्रतिनिधिका रुपमा खटिनुभएका नेता गिरीले पार्टीको संगठन कसरी चलिरहेको छ, स्थानीयस्तरमा यसको अवस्थाबारे सल्लाह सुझाव संकलन गरि त्यस अनुरुप पार्टी सुदृढिकरण हुने बताउनुभयो । 

कार्यक्रममा काँग्रेस बाँके सभापति नारायण प्रसाद गौडेलले पार्टीको संगठन सुदृढिकरणमा जोड दिदै क्रियाशिल सदस्यता तथा नविकरणको कार्यलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता गर्नुभयो । 

कार्यक्रममा जिल्ला उपसभापति कृष्ण कार्की, महासमिति सदस्य तथा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, क्षेत्र नंं २ (क)का सभापति ज्ञानेन्द्र कुमार चौधरी लगायतले बोल्नुभएको थियो । 

काँग्रेस डुडुवाका सभापति विजयकुमार यादवको अध्यक्षतामा सम्पन्न अभियान कार्यक्रमको संञ्चालन प्रदेश का सचिव बेलबहादुर बोहराले गर्नुभएको थियो । कार्यक्रममा डुडुवा गाउँपालिकाको वार्ड नं. १देखि ६ सम्मका सम्पुर्ण क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो । 

काँग्रेस बाँकेले ’सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान’ सुरुवात गरेको छ । साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने अभियानका क्रममा आज डुडुवामा कार्यक्रम गरिएको हो । 

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…