Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

युवा महिलाका लागि तालिम

डेक्स

डेक्स

युवा महिलाका लागि तालिम
ADVERTISEMENT

बर्दियामा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका युवा महिलाहरुका लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम संचालन गरिएको छ । प्लान नेपालको सहयोगमा बाँके युनेस्कोद्वारा संचालित पर्ल परियोजना अन्तर्गत तालिम आयोजना गरिएको छ । 

युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु उक्त तालिमको मुख्य उद्देश्य रहेको जनाईएको छ ।

बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले व्यवसायको व्यवसायिक योजनाको पुनरावलोकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु पनि कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । 

तालिमको सहजीकरण राज बहादुर चौधरीले गर्नुभएको छ भने तालिममा प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम संयोजक गोमावली चौधरीको पनि सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने सो तालिममा गुलरियाका ३० जना युवा महिला व्यवसायीको सहभागिता रहेको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…