Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

कांग्रेस बाँकेद्वारा सांगठनिक सुदृढीकरण अभियानु सुरु

डेक्स

डेक्स

कांग्रेस बाँकेद्वारा सांगठनिक सुदृढीकरण अभियानु सुरु
ADVERTISEMENT

नेपाली कांग्रेस बाँकेले सांगठनिक सुदृढीकरणका लागि आन्तरिक विशेष अभियानु सुरुवात गरेको छ । साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन हुने अभियानको शनिबार शुभारम्भ गरिएको हो ।

पार्टी कार्यालय नेपालगञ्जमा जिल्ला कार्यसमिति बाँकेका पदाधिकारी,  महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, प्रदेश सभापति, पलिका सभापति लगायतको उपस्थितिमा अभियानको सुभारम्भ गरिएको प्रबक्ता डिल्ली गिरीले बताउनुभयो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको अध्यक्षता एवम् केन्द्रिय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले अभियानलाई सार्थक र परिणाममुखी बनाउन सबै तह र तप्का सक्रियतापूर्वक लाग्ने निर्णय गरेको छ ।

बाँकेका लागि केन्द्रिय प्रतिनिधि खटिएका केन्द्रिय सदस्य गिरीले पार्टीको संगठनलाई अझ सुदृढ र गतिशील बनाउन सबैलाई क्रियाशील भएर लाग्न आह्वान गर्नुभयो।

कांग्रेसको संगठनलाई मजबुत बनाउन हामीले केन्द्रीय कार्यसमितिबाट एक वर्षे कार्ययोजना नै पारित गरेका छौं, त्यही अनुसार यो दश दिने संगठन सुदृढीकरण अभियान सुरु भएको छ, गिरीले भन्नुभयो, यो अभियानमा कांग्रेसको सांगठनिक जीवन कसरी चलिरहेको छ भनेर जानकारी लिने र कमजोरीहरु औंल्याउने काम हुन्छ ।

पार्टी सभापति गौडेलले ८१ वटै वडामा अभियान पुग्ने गरी सशक्त ढंगले लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। यो १० दिने अभियानपछि कांग्रेसको सांगठनिक जीवनमा परिवर्तन महसूस हुनुपर्नेमा गौडेलको जोड छ । सचिव सुधांशु कोइरालाले बैठकको सहजीकरण गर्नुभएको थियो । ।

साउन २ गतेदेखि १० गतेसम्म बसेको केन्द्रिय कार्यसमितिको निर्णय अनुसार ७७ वटै जिल्लामा अभियान सुरु भएको हो । जिल्लामा खटिएका नेताहरुले जिल्लाको अवस्था के छ रु पार्टी संगठन कसरी चलेको छ रु स्थानीय सरकारहरु कसरी चलेका छन् रु विधान बमोजिम गर्नुपर्ने कामहरु भए नभएको के कस्तो अवस्था छ रु, यी विषयमा प्रतिवेदन तयार गरेर केन्द्रमा बुझाउनेछन् ।

अभियानका क्रममा नेताहरुले पार्टीको क्षेत्रीय कार्यसमितिको बैठक राख्ने, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरुको अवस्थाबारे जानकारी लिने र छलफल समेत गर्नेछन् ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…