Pairabi logo

कात्तिक ०३, २०८३, सोमबार                    

बाँकेका गाउँ—गाउँ पुगे  खानेपानी आयोजना

डेक्स

डेक्स

बाँकेका गाउँ—गाउँ पुगे  खानेपानी आयोजना
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा विभिन्न खानेपानी आयोजना गाउँ गाउँसम्म विस्तार गरिएको छ । हाते पम्प र कतिपय दुर्गम स्थानमा कुवाबाट आउने पानीको स्थानीय बासिन्दाले खानेपानीको रुपमा उपभोग गर्न बाध्य भएका थिए ।  
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जमार्फत सञ्चालन भएका विभिन्न खानेपानी आयोजनाबाट आंशिक रुपमा उनीहरु लाभावन्वित हुन थालेका छन ।  
‘पहिले धेरैजसो हाते पम्पको सहायतामा आउने खानीपानीको प्रयोग गर्नुहुन्थ्यो र दुर्गम ठाँउमा कुवाको पानी समेत खाने गर्नुहुन्थ्यो’ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जका इन्जिनियर प्रकाशजङ्ग शाहले भन्नुभयो । 
उहाँले नेपालगञ्जमा समेत परम्परागत रुपमा खानेपानीको उपभोग भएको उल्लेख गर्दै कतिपय स्थानमा ‘ओभरहेड’ टंयाङ्कीको खानेपानी वितरण भएको जानकारी दिनुभयो । 
बाँकेका विभिन्न पालिकामा रहेका खानेपानी आयोजनामा १ लाख ५० हजार लिटरदेखि ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टयाङ्की निर्माण गरेर उपभोक्तालाइृ खानेपानीको सुविधा प्रदान गरिएको छ । 
‘कतिपय योजना अहिले पनि क्रमागत अवस्थामा नै छन बजेटका आधारमा कति समय लाग्छ भन्ने कुरा निर्धारण हुन्छ ’सूचना अधिकारी समेत रहनुभएका इन्जिनियर शाहले भन्नुभयो । 
जिल्लाको खास कुश्मा खानेपानी आयोजनाबाट दुई हजार २०० उपभोक्ता, ढकेरी खानेपानी आयोजनाबाट ४ हजार ५२१ उपभोक्ता, रझेना खानेपानी आयोजनाबाट ४ हजार ४०० उपभोक्ता, नौवास्ता खानेपानी आयोजनाबाट २ हजार ४५७ उपभोक्ता, खजुरा खानेपानी आयोजनाबाट ४ हजार ९५० र महादेउपुरीया, कचनापुरबाट ३ हजार ३६१ उपभोक्ता, विराट खानेपानी आयोजनाबाट २ हजार १६२, पेडारी खानेपानी आयोजनाबाट २ हजार २००, खजुरा, २, ४, ७ खानेपानी आयोजनाबाट २ हजार ११८ उपभोक्ता लाभावन्वित भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जले जनाएको छ । यस बाहेक साना खानेपानी आयोजनाका रुपमा समेत विभिन्न खानेपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न पाएका छन । 
राप्तीसोनारी गाउँपालिका वडा नं ४ का स्थानीय रामदास थारुले ओभरहेड टयाङ्की निर्माण भएको दुई बर्ष हुँदा पनि खानेपानीको वितरण हुन नसकेको बताउनुभयो ।  

सघन खानेपानी विकास कार्यक्रमबाट लाभ लिँदै 
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित विभिन्न गाउँपालिकामा सघन विकास कार्यक्रम र जलवायु अनुकुलित वृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत विभिन्न खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेका छन । 
बजेट अभावका कारण ती  खानेपानी आयोजनाका भौतिक पूर्वाधार लगायतका आयोजनासँग सम्वन्धित काम हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जले जनाएको छ । 
जिल्लाको राप्तीसोनारी गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रममार्फत सञ्चालन भएको खानेपानी आयोजना ८, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत १४ आयोजना रहेका छन । 
डुडुवा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम दुई, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फतका आयोजना दुई रहेका छन । 
नरैनापुर गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम एक, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत ७ आयेजना रहेका छन । 
नेपालगञ्ज उपमहानगरपालिकामा सघन खानेपानी विकास कार्यक्रम तीन, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत तीन आयोजना छन । 
जानकी गाउँपालिकामा सघन खानेपानी विकास तीन, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत एक आयोजना छ । 
कोहलपुर नगरपालिकामा सघन खानेपानी विकास  चार, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत एक आयोजना रहेको छ । 
खजुरा गाउँपालिकामा सघन खानेपानी विकास चार, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत ६ योजना रहेको छ । 
बैजानाथ गाउँपालिकामा सघन खानेपानी विकास चार, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत दुई खानेपानी आयोजना रहेको छ । ‘केही निर्माणाधिन अवस्थामा रहेका खानेपानी आयोजना छन र केहीमा आंशिक रुपमा खानेपानीको वितरण भइरहेको छ’ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जक इन्जिनियर प्रकाशजङ्ग शाहले भन्नुभयो । 
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

यो पनि

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…