Pairabi logo

असोज १९, २०८३, सोमबार                    

बाँकेका गाउँ—गाउँ पुगे  खानेपानी आयोजना

डेक्स

डेक्स

बाँकेका गाउँ—गाउँ पुगे  खानेपानी आयोजना
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा विभिन्न खानेपानी आयोजना गाउँ गाउँसम्म विस्तार गरिएको छ । हाते पम्प र कतिपय दुर्गम स्थानमा कुवाबाट आउने पानीको स्थानीय बासिन्दाले खानेपानीको रुपमा उपभोग गर्न बाध्य भएका थिए ।  
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जमार्फत सञ्चालन भएका विभिन्न खानेपानी आयोजनाबाट आंशिक रुपमा उनीहरु लाभावन्वित हुन थालेका छन ।  
‘पहिले धेरैजसो हाते पम्पको सहायतामा आउने खानीपानीको प्रयोग गर्नुहुन्थ्यो र दुर्गम ठाँउमा कुवाको पानी समेत खाने गर्नुहुन्थ्यो’ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जका इन्जिनियर प्रकाशजङ्ग शाहले भन्नुभयो । 
उहाँले नेपालगञ्जमा समेत परम्परागत रुपमा खानेपानीको उपभोग भएको उल्लेख गर्दै कतिपय स्थानमा ‘ओभरहेड’ टंयाङ्कीको खानेपानी वितरण भएको जानकारी दिनुभयो । 
बाँकेका विभिन्न पालिकामा रहेका खानेपानी आयोजनामा १ लाख ५० हजार लिटरदेखि ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टयाङ्की निर्माण गरेर उपभोक्तालाइृ खानेपानीको सुविधा प्रदान गरिएको छ । 
‘कतिपय योजना अहिले पनि क्रमागत अवस्थामा नै छन बजेटका आधारमा कति समय लाग्छ भन्ने कुरा निर्धारण हुन्छ ’सूचना अधिकारी समेत रहनुभएका इन्जिनियर शाहले भन्नुभयो । 
जिल्लाको खास कुश्मा खानेपानी आयोजनाबाट दुई हजार २०० उपभोक्ता, ढकेरी खानेपानी आयोजनाबाट ४ हजार ५२१ उपभोक्ता, रझेना खानेपानी आयोजनाबाट ४ हजार ४०० उपभोक्ता, नौवास्ता खानेपानी आयोजनाबाट २ हजार ४५७ उपभोक्ता, खजुरा खानेपानी आयोजनाबाट ४ हजार ९५० र महादेउपुरीया, कचनापुरबाट ३ हजार ३६१ उपभोक्ता, विराट खानेपानी आयोजनाबाट २ हजार १६२, पेडारी खानेपानी आयोजनाबाट २ हजार २००, खजुरा, २, ४, ७ खानेपानी आयोजनाबाट २ हजार ११८ उपभोक्ता लाभावन्वित भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जले जनाएको छ । यस बाहेक साना खानेपानी आयोजनाका रुपमा समेत विभिन्न खानेपानी आयोजनामार्फत स्थानीय बासिन्दाले खानेपानीको उपभोग गर्न पाएका छन । 
राप्तीसोनारी गाउँपालिका वडा नं ४ का स्थानीय रामदास थारुले ओभरहेड टयाङ्की निर्माण भएको दुई बर्ष हुँदा पनि खानेपानीको वितरण हुन नसकेको बताउनुभयो ।  

सघन खानेपानी विकास कार्यक्रमबाट लाभ लिँदै 
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सहित विभिन्न गाउँपालिकामा सघन विकास कार्यक्रम र जलवायु अनुकुलित वृहत खानेपानी कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत विभिन्न खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेका छन । 
बजेट अभावका कारण ती  खानेपानी आयोजनाका भौतिक पूर्वाधार लगायतका आयोजनासँग सम्वन्धित काम हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जले जनाएको छ । 
जिल्लाको राप्तीसोनारी गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रममार्फत सञ्चालन भएको खानेपानी आयोजना ८, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत १४ आयोजना रहेका छन । 
डुडुवा गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम दुई, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फतका आयोजना दुई रहेका छन । 
नरैनापुर गाउँपालिकामा सघन खानेपानी विकास कार्यक्रम एक, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत ७ आयेजना रहेका छन । 
नेपालगञ्ज उपमहानगरपालिकामा सघन खानेपानी विकास कार्यक्रम तीन, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत तीन आयोजना छन । 
जानकी गाउँपालिकामा सघन खानेपानी विकास तीन, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत एक आयोजना छ । 
कोहलपुर नगरपालिकामा सघन खानेपानी विकास  चार, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत एक आयोजना रहेको छ । 
खजुरा गाउँपालिकामा सघन खानेपानी विकास चार, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत ६ योजना रहेको छ । 
बैजानाथ गाउँपालिकामा सघन खानेपानी विकास चार, जलवायु अनुकुलित वृहद खानेपानी  कार्यक्रम र तराई मधेस खानेपानी सुधार कार्यक्रममार्फत दुई खानेपानी आयोजना रहेको छ । ‘केही निर्माणाधिन अवस्थामा रहेका खानेपानी आयोजना छन र केहीमा आंशिक रुपमा खानेपानीको वितरण भइरहेको छ’ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्जक इन्जिनियर प्रकाशजङ्ग शाहले भन्नुभयो । 
 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

यो पनि

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…