Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

जियो कृषिसँग जोडिंदै किसान

डेक्स

डेक्स

जियो कृषिसँग जोडिंदै किसान
ADVERTISEMENT

बाँकेको राप्ती सोनरी गाउँपालिकामा जियो कृषि एपमा आवद्ध हुने किसानको संख्या बढ्दै गएको छ । पालिकामा जियो कृषिसंग जोडिएर प्रविधिसंगै कृषिमा आवद्ध हुने किसानको संख्या बढ्न थालेको हो ।

हरेक कृषकको परिचय, खेतको जानकारी र बाली उत्पादन गर्ने योजनाको आधारमा प्रोफाइल तयार गरेर खेती सम्बन्धी जानकारी दिने उक्त एपमा हालसम्म दुई हजार पाँच सय बढी किसान आवद्ध भइसकेको जियो कृषिका कार्यक्रम निर्देशक रदिप तान्दुकरले बताउनुभयो । उहाँका अनुसार पालिकामा जियो कृषिले कृषक समुह, सहकारी, एग्रोभेट, जियोकृषि सहजकर्ता, प्राविधिक विद्यालय संग समन्वय गरेर काम गरिरहेको छ । 

यसै  सन्दर्भमा जियो कृषिले राप्ती सोनारीमा आयोजना गरेको छलफल तथा नतिजा प्रकाशनका कार्यक्रममा जियो कृषिले बिभिन्न संघसस्था, स्थानीय तहसंग पनि सहकार्य गरेर किसानलाई सेवा दिइरहेको बताइएको छ । कार्यक्रम निर्देशक तन्दुकरले भन्नुभयो ‘हामीले दिगो रुपमा कसरी किसानहरुको खेत खेतमा पुग्न सकिन्छ भन्ने हिसावमा काम गरिरहेका छौ’ उहाँले भन्नुभयो,  ‘गाउँपालिकामा यसको प्रयोगकर्ताको संख्या राम्रो छ । यसलाई अझै कसरी बिस्तार गर्न सकिन्छ भन्नेमा हामी लागिपरेका छौ ।’

जियो कृषिका बाँकेका सहायक कार्यक्रम अधिकृत मुकेश मिश्रले जियो कृषिका माध्यमबाट छिटो भन्दा छिटो किसानहरुका समस्या सामाधान गर्न सकिने बताउनुभयो । उहाँले किसानहरुले एपमार्फत पठाएका समस्या विज्ञहरुले केही समयमा जवाफ पठाउने गरेको बताउनुभयो । 

‘जियो कृषिले किसानको उत्पादकको खेतमा कुन बाली उत्पादन गर्दा सुहाउनेदेखि त्यस बाली उत्पादन गर्दा कसरी रोप्ने, खेत तयारी कसरी गर्ने, बाली व्यवस्थापन कसरी गर्ने जस्ता आवश्यक सम्पूर्ण जानकारी दिने गर्दछ’ उहाँले भन्नुभयो–“यसमा किसानले खेत दर्ता गरेपछि मलको मात्रा कति प्रयोग गर्ने भन्ने पनि जानकारी दिइन्छ ।” यो जियोकृषि एप किसानले निःशुल्क चलाउन पाउने उहाँले बताउनुभयो । 

जियो कृषि एप सन २०१७ मा शुरु गरिएको थियो । यस एपमा किसानहरुले मोबाइलबाटै बजारीकरणका बारेमा पनि जानकारी पाउने गर्छन् । यो एपमा कृषि बाली, तरकारी, फलफुलका खेती प्रविधिका बारेमा पनि सूचनामुलक जानकारी राखिएको छ । एपमा मौसम सम्बन्धी सूचना, पालिकाबाट प्रकाशित कृषि सूचना, रोग तथा किराहरुको सूचना लगायतका पनि जानकारी राखिएका छन ।

राप्तीसोनरी गाउँपालिकामा जियो कृषिका बारेमा किसानलाई जानकारी दिन एक बर्ष अघि परियोजना संचालन गरिएको थियो । राप्तीसोनरी गाउँपालिकाबाट यस एपका प्रयोगकर्ताले हालसम्म ५ सय ५५ वटा समस्या पठाएकोमा त्यसको विज्ञहरुले सामाधान गरको कार्यक्रम अधिकृत मिश्रले बताउनुभयो । यो एपमा सबैभन्दा बढी राप्ती सोनरी गाउँपालिका वार्ड नं. ४ का किसान जोडिएका छन । उक्त वडाबाट ४ सय १२ किसान यस एपमा आवद्ध छन ।

पालिकामा आयोजित कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिकाका उपप्रमुख मनिषासिंह थारुले कृषिको विकासका लागि राप्ती सोनरी गाउँपालिकामा जियो कृषिको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले हाल जियो कृषिले सहकारीसंग समन्वय गरेर कार्यक्रम गरिरहेकाले यो एकदमै प्रभावकारी हुने बताउनुभयो । उहाँले आगामी दिनमा यो कार्यक्रमलाई राप्ती सोनरी गाउँपालिकासंग समन्वय गरेर संचालन गर्न सकिने बताउनुभयो । 
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…