Pairabi logo

असोज २६, २०८३, सोमबार                    

जियो कृषिसँग जोडिंदै किसान

डेक्स

डेक्स

जियो कृषिसँग जोडिंदै किसान
ADVERTISEMENT

बाँकेको राप्ती सोनरी गाउँपालिकामा जियो कृषि एपमा आवद्ध हुने किसानको संख्या बढ्दै गएको छ । पालिकामा जियो कृषिसंग जोडिएर प्रविधिसंगै कृषिमा आवद्ध हुने किसानको संख्या बढ्न थालेको हो ।

हरेक कृषकको परिचय, खेतको जानकारी र बाली उत्पादन गर्ने योजनाको आधारमा प्रोफाइल तयार गरेर खेती सम्बन्धी जानकारी दिने उक्त एपमा हालसम्म दुई हजार पाँच सय बढी किसान आवद्ध भइसकेको जियो कृषिका कार्यक्रम निर्देशक रदिप तान्दुकरले बताउनुभयो । उहाँका अनुसार पालिकामा जियो कृषिले कृषक समुह, सहकारी, एग्रोभेट, जियोकृषि सहजकर्ता, प्राविधिक विद्यालय संग समन्वय गरेर काम गरिरहेको छ । 

यसै  सन्दर्भमा जियो कृषिले राप्ती सोनारीमा आयोजना गरेको छलफल तथा नतिजा प्रकाशनका कार्यक्रममा जियो कृषिले बिभिन्न संघसस्था, स्थानीय तहसंग पनि सहकार्य गरेर किसानलाई सेवा दिइरहेको बताइएको छ । कार्यक्रम निर्देशक तन्दुकरले भन्नुभयो ‘हामीले दिगो रुपमा कसरी किसानहरुको खेत खेतमा पुग्न सकिन्छ भन्ने हिसावमा काम गरिरहेका छौ’ उहाँले भन्नुभयो,  ‘गाउँपालिकामा यसको प्रयोगकर्ताको संख्या राम्रो छ । यसलाई अझै कसरी बिस्तार गर्न सकिन्छ भन्नेमा हामी लागिपरेका छौ ।’

जियो कृषिका बाँकेका सहायक कार्यक्रम अधिकृत मुकेश मिश्रले जियो कृषिका माध्यमबाट छिटो भन्दा छिटो किसानहरुका समस्या सामाधान गर्न सकिने बताउनुभयो । उहाँले किसानहरुले एपमार्फत पठाएका समस्या विज्ञहरुले केही समयमा जवाफ पठाउने गरेको बताउनुभयो । 

‘जियो कृषिले किसानको उत्पादकको खेतमा कुन बाली उत्पादन गर्दा सुहाउनेदेखि त्यस बाली उत्पादन गर्दा कसरी रोप्ने, खेत तयारी कसरी गर्ने, बाली व्यवस्थापन कसरी गर्ने जस्ता आवश्यक सम्पूर्ण जानकारी दिने गर्दछ’ उहाँले भन्नुभयो–“यसमा किसानले खेत दर्ता गरेपछि मलको मात्रा कति प्रयोग गर्ने भन्ने पनि जानकारी दिइन्छ ।” यो जियोकृषि एप किसानले निःशुल्क चलाउन पाउने उहाँले बताउनुभयो । 

जियो कृषि एप सन २०१७ मा शुरु गरिएको थियो । यस एपमा किसानहरुले मोबाइलबाटै बजारीकरणका बारेमा पनि जानकारी पाउने गर्छन् । यो एपमा कृषि बाली, तरकारी, फलफुलका खेती प्रविधिका बारेमा पनि सूचनामुलक जानकारी राखिएको छ । एपमा मौसम सम्बन्धी सूचना, पालिकाबाट प्रकाशित कृषि सूचना, रोग तथा किराहरुको सूचना लगायतका पनि जानकारी राखिएका छन ।

राप्तीसोनरी गाउँपालिकामा जियो कृषिका बारेमा किसानलाई जानकारी दिन एक बर्ष अघि परियोजना संचालन गरिएको थियो । राप्तीसोनरी गाउँपालिकाबाट यस एपका प्रयोगकर्ताले हालसम्म ५ सय ५५ वटा समस्या पठाएकोमा त्यसको विज्ञहरुले सामाधान गरको कार्यक्रम अधिकृत मिश्रले बताउनुभयो । यो एपमा सबैभन्दा बढी राप्ती सोनरी गाउँपालिका वार्ड नं. ४ का किसान जोडिएका छन । उक्त वडाबाट ४ सय १२ किसान यस एपमा आवद्ध छन ।

पालिकामा आयोजित कार्यक्रममा बोल्दै राप्ती सोनारी गाउँपालिकाका उपप्रमुख मनिषासिंह थारुले कृषिको विकासका लागि राप्ती सोनरी गाउँपालिकामा जियो कृषिको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले हाल जियो कृषिले सहकारीसंग समन्वय गरेर कार्यक्रम गरिरहेकाले यो एकदमै प्रभावकारी हुने बताउनुभयो । उहाँले आगामी दिनमा यो कार्यक्रमलाई राप्ती सोनरी गाउँपालिकासंग समन्वय गरेर संचालन गर्न सकिने बताउनुभयो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…