Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण

डेक्स

डेक्स

वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण
ADVERTISEMENT

नेपालगञ्ज, , साउन ६ । नेपाली कांग्रेस बाँकेले आफ्ना पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ । नेपालगञ्ज वीपीचोकस्थित वीपीको शालिकमा आज विहान माल्यार्पण गरिएको हो ।

माल्यार्पण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडलेले वीपी विचार र मार्गदर्शनलाई कांग्रेसले आफ्नो पार्टी जीवनमा अबलम्बन गर्दै समुन्नत मुलुक निर्माणको अभियानमा जुट्नुपर्ने बताउनुभयो । कांग्रेस एकजुट भए कसैले पनि कांग्रेसको बेगलाई रोक्न नसक्ने भन्दै गौडेलले पार्टीमा अभूतपूर्व एकतामा जोड दिनुभयो । उहाँले गाउँगाउँमा सांगठनिक अवस्था मजबुत बनाउनतर्फ लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । 

माल्यार्पण कार्यक्रमलाई पूर्व पार्टी सभापति एवम् पूर्व मन्त्री गजेन्द्रबहादुर हमाल, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकीले सम्बोधन गर्दै वीपी विचार, सिद्धान्त र निष्ठा हरेक कांग्रेस जनका लागि मागदर्शन भएको बताउनुभयो । 

सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा पार्टी पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा सुभेच्छुक संगठनका प्रमुख लगायत नेता कार्यकर्ता उपस्थित थिए । सचिव कोइरालाका अनुसार जिल्लाको परिपत्र अनुसार आज विभिन्न पालिकामा बृक्षारोपण लगायतका कार्यक्रमहरु भइरहेका छन् । 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…