Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगञ्जमा निःशुल्क एम्बुलेन्स सेवा सुरु

डेक्स

डेक्स

नेपालगञ्जमा निःशुल्क एम्बुलेन्स सेवा सुरु
ADVERTISEMENT

नेपालगञ्ज ।  नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । 
नेपालगञ्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो । 
निःशुल्क एम्बुलेन्स सेवा सुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्टले विरामीहरुको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताउनुभयो । “अस्पतालसम्म पुग्न विरामीले कठिनाई भोग्न नपरोस् भन्ने यसको उद्देश्य हो, त्यसैले स्थानीय सरकार जनताको सुखदुःखमा संगसंगै छ ।” उपप्रमुख कमरुद्दिन राईले आकस्मिक विरामीहरुको सहजताका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुने बताउनुभयो । 
प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले निःशुल्क एम्बुलेन्स सेवाले नगरवासी लाभान्वित हुने बताउनुभयो । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले लुम्बिनी प्रदेशमै बाँकेमा उच्च रहेको मातृशिशु मृत्युुदर घटाउन एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो । हाल नेपालगञ्ज उपमहानगरपालिका कार्यालयभित्र तीन एम्बुलेन्स बिरामीको लागि तयारी अवस्थामा रनेछन ।  नेपालगञ्जमा २० वटा एम्बुलेन्स संचालनमा छन् । एम्बुलेन्स सेवाको अभावका कारण स्थानीयले सास्ती भोग्दै आएका थिए । उपमहानगरपालिाकाले एम्बुलेन्स सञ्चालन गर्ने सस्थासँग करिव ६ महिना सम्झौता गरेर त्यसको कस्तो परिणाम आउछ त्यसको समेत अध्ययन गर्ने बताएको छ । 

पूर्वमन्त्री यादवले रुपन्देहीस्थित सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई गत माघ १० गते १२ लाख २८ हजार रुपैयाँको चेक दिएर नसाटिएपछि उमाशंकरले प्रहरीमा यादवविरुद्ध जाहेरी दिएका थिए ।

यादव २०७४ मा जनता समाजवादी पार्टीबाट बाँके २ ९१० बाट निर्वाचित भएका थिए । पार्टी निर्देशनविरुद्ध मन्त्री बनेका यादवलाई जसपाले निस्काशन गरेको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …