Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

नागरिकता लिन स्थानीय प्रशासनमा भीड

डेक्स

डेक्स

नागरिकता लिन स्थानीय प्रशासनमा भीड
ADVERTISEMENT

नेपालगञ्ज  । स्थानीय प्रशासनले जन्मका आधारमा नागरिकता वितरण सुरु गरेपछि प्रशासन कार्यालयमा भीडभाड बढेको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यहाँ वंशजको नागरिकता लिनका लागि दैनिक पाँच सयसम्म  पुग्न थालेपछि एक दिनमा सय जनाको मात्र आवेदन लिन थालेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले असार १० गतेबाट जन्मको आधारमा नागरिकता वितरण शुरु गरिएकोमा हालसम्म ४२३ जनालाई नागरिकता वितरण  गरेको जानकारी दिनुभयो । 

उहाँले अहिले एक दिनमा सय जनालाई मात्र नागरिकता वितरण गर्न सकिएको छ भननुभयो । जिल्ला प्रशासन कार्यालयका अनुसार जनशक्तिको अभावले गर्दा सबैलाई नागरिकता दिन नसकिएको जनाउँदै सहजताका लागि अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । टोकन प्रणाली शुरु गरिएपछि सेवाग्राहीलाई सहज भएको र सो बाट आफूले कहिले नागरिकता पाउने जानकारी हुने गरेकोले दिनदिनै प्रशासन धाउनुपर्ने बाध्यता हटेको सेवाग्राहीले बताएका छन् ।


लामो समयपछिको प्रतिक्षापछि जन्मको आधारमा वंशजको नागरिकता पाएपछि नेपालगञ्जका युनुस राई निकै खुशी छन् । उनले ढिलै भएपनि सरकारले नागरिकता दिएकोमा गर्व लागिरहेको बताए ।

जिल्ला प्रशासनका अनुसार बाँकेमा मात्रै १० हजार बढीले टोलीबाट जन्मको आधारमा नागरिकता लिएका थिए । उनीहरुका करिब २५ हजार सन्तानलाई वंशजको नाताले नागरिकता वितरण गर्नुपर्ने छ ।

नागरिकता लिन आउनेको घुँइचोअनुरुप सरकारले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सेवाग्राही मारमा परेको केही सेवाग्राहीको गुनासो छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…