Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

जनमत पार्टीलाई सरकारमा समेट्ने तयारी

डेक्स

डेक्स

जनमत पार्टीलाई  सरकारमा समेट्ने तयारी
ADVERTISEMENT

नेपालगन्ज । सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा समेट्ने तयारी गरेको छ । माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने गृहकार्य सुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटपछि सकारात्मक वातावरण बनेको हो । आइबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग लामो संवाद भएको राउतले जानकारी दिनुभयो । 
‘प्रधानमन्त्रीज्यूसँग आज भेटघाट भयो’  राउतले भन्नुभयो, ‘उहाँहरूको बैठक बेलुका ४ बजे बस्दै छ । त्यो बैठकपछि हामी सरकारमा जाने वा नजाने भन्न सकिएला ।’ 
प्रधानमन्त्री प्रचण्ड सीके राउत नेतृत्वको पार्टीलाई सरकारमा ल्याउन लागि परेका छन् । ‘प्रधानमन्त्रीज्यूको जोड जनमतलाई सरकारमा सामेल गराउने भन्ने छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने,  ‘सरकारमा ल्याउन कसरी र कसलाई बोलाएर खाली गराउने भन्ने मात्रै हो । त्यो वातावरण बन्दै छ ।’ प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रबाटै एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि जनमतलाई समेट्ने योजना बनाएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ६ जना माओवादीका मन्त्री छन् । त्यसमध्ये पर्यटन मन्त्री सुदन किराती वा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी मध्ये एक जनालाई फिर्ता बोलाउन सक्ने आँकलन गरिएको छ । यद्यपि प्रचण्ड कुनै निष्कर्षमा पुगिसकेका छैनन् ।

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…