Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

जनमत पार्टीलाई सरकारमा समेट्ने तयारी

डेक्स

डेक्स

जनमत पार्टीलाई  सरकारमा समेट्ने तयारी
ADVERTISEMENT

नेपालगन्ज । सत्तारुढ गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा समेट्ने तयारी गरेको छ । माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा ल्याउने गृहकार्य सुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटपछि सकारात्मक वातावरण बनेको हो । आइबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग लामो संवाद भएको राउतले जानकारी दिनुभयो । 
‘प्रधानमन्त्रीज्यूसँग आज भेटघाट भयो’  राउतले भन्नुभयो, ‘उहाँहरूको बैठक बेलुका ४ बजे बस्दै छ । त्यो बैठकपछि हामी सरकारमा जाने वा नजाने भन्न सकिएला ।’ 
प्रधानमन्त्री प्रचण्ड सीके राउत नेतृत्वको पार्टीलाई सरकारमा ल्याउन लागि परेका छन् । ‘प्रधानमन्त्रीज्यूको जोड जनमतलाई सरकारमा सामेल गराउने भन्ने छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने,  ‘सरकारमा ल्याउन कसरी र कसलाई बोलाएर खाली गराउने भन्ने मात्रै हो । त्यो वातावरण बन्दै छ ।’ प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रबाटै एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि जनमतलाई समेट्ने योजना बनाएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ६ जना माओवादीका मन्त्री छन् । त्यसमध्ये पर्यटन मन्त्री सुदन किराती वा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी मध्ये एक जनालाई फिर्ता बोलाउन सक्ने आँकलन गरिएको छ । यद्यपि प्रचण्ड कुनै निष्कर्षमा पुगिसकेका छैनन् ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…