Pairabi logo

कात्तिक ०६, २०८३, बिहीबार                    

सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणालीमार्फत वितरण गरिदै

डेक्स

डेक्स

सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणालीमार्फत वितरण गरिदै
ADVERTISEMENT

नेपालगञ्ज उपमहानगरपालिकाले अब सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली  ‘इएफटी’ मार्फत वितरण गर्ने भएको छ । आगामी आर्थिक बर्षदेखि  ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पञ्जीकरण शाखा प्रमुख प्रबिणकुमार रानाले जानकारी दिनुभयो । 

‘इएफटी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैंक खातामा पठाइनेछ । सम्झौता गरिएका बैंकको खातामा सम्बन्धित लाभग्राहीको रकम पठाइने रानाले बताउनुभयो । यसअघि सरकारले पठाएको पैसा बैंकले लाभग्राहीको खातामा जम्मा गरिदिने गरेकोमा अब उपमहानगरपालिकाले पैसा पठाउनेछ । आगामी साउनदेखि पाइलटिंगको रुपमा नेपालगञ्ज उपमहानगरपालिकासहित ५० वटा स्थानीय तहमा ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका माधव शर्माले बताउनुभयो । 

पञ्जीकरण शाखाले शनिबार नेपालगञ्जमा आयोजना गरेको ’इएफटी र व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासंग सम्बन्धित कार्य सम्पादन स्तरका सवालहरुमा अन्तरक्रिया’ विषयक कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव र बैंकका प्रतिनिधिहरुलाई  ‘इएफटी’ भुक्तानी प्रणालीका विषयमा अभिमुखीकरण गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका शर्माले  ‘इएफटी’ बारे जानकारी गराउनुभएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था, समस्या र समाधानका विषयसंगै व्यक्तिगत घटना दर्ताको अवस्था, नागरिक चासो र सचेतनाको अवस्थाबारे छलफल गरिएको पञ्जीकरण शाखाकी तुलसा पन्थी आचार्यले बताउनुभयो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरणले लागग्राहीलाई अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । विष्टले उपमहानगरपालिकाले सिधै लाभग्राहीको खातामा पैसा पठाइदिने भएपछि तत्काल पैसा निकाल्न सक्ने सहजता लाभग्राहीलाई हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत रिजालले  ‘इएफटी’ मार्फत लाभग्राहीले प्रविधिमैत्री छिटोछरितो र सहज सेवा पाउन बताउनुभयो । रिजालले विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो । 

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…