Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

राप्तीसोनारीद्धारा नागरिक गुनासो एप्लीकेशन सार्वजनिक

डेक्स

डेक्स

राप्तीसोनारीद्धारा नागरिक गुनासो एप्लीकेशन सार्वजनिक
ADVERTISEMENT

बाँकेको राप्ती सोनारी गाउँपालिकाले नागरिकसंग प्रत्यक्ष जोड्नका लागि मोबाइलमार्फत गुनासो एप्लीकेसन सञ्चालनमा ल्याएको छ । 

गुनासो एप्लीकेसनको एक समारोहका विच गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले शुभारम्भ गर्दै नागरिकलाई प्रत्यक्ष जोड्नका लागि यो एप्लीकेसन ल्याएको भन्दै जनताका गुनासो व्यवस्थापनमा सहजता आउने बताउनुभयो । 


उहाँले पालिकाले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकरिता र सेवाका बारेमा सबै नागरिकलाई जानकारी हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष पौडेलले भन्नुभयो–“अब जुन क्षेत्रबाट पनि गाउँपालिकाका कामहरु प्रति सजक र सहज बनाउन आम नागरिकले गुनासो गर्न पाउनु हुनेछ ।” 


सेवाग्राहीले आफ्नो मोबाइलबाट डाउनलोड गरि उक्त एप्लीकेशनमार्फत प्रत्येक्ष गुनासो तथा कुरा गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको भौगोलिक क्षेत्र फराकिलो भएकाले टाढाका सेवाग्राहीलाई सहजताका लागि यो एप्लीकेशनले सहयोग गर्ने बताउनुभयो । 


एप्लीकेशनमा अध्यक्षसंग प्रत्यक्ष कुराकानी, गुनासो, योजना, बजेट, नागरिक वडापत्रका बारेमा जानकारीसंगै सबै क्षेत्रका बारेमा जानकारी लिने व्यवस्था रहेको पालिकाका आइटी अफिसर जर्नादन पौडेलले बताउनुभयो ।

उहाँका अनुसार उक्त एप्लीकेशनलाई अहिले परिक्षणको रुपमा शुरु गरिएको छ । शुभारम्भ कार्यक्रममा उपाध्यक्ष मनिषासिंह थारु, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…