Pairabi logo

असोज २८, २०८३, बुधबार                    

सूचनाको हकसम्वन्धी अनुशिक्षण

डेक्स

डेक्स

सूचनाको हकसम्वन्धी अनुशिक्षण
ADVERTISEMENT

नेपालगन्ज २१ जेठ । बाँके कोहलपुर नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुका लागि सूचनाको हक सम्वन्धी अनुशिक्षण गरिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आयोजित एकदिने अनुशिक्षणमा सूचना, सूचनाको हक, यसको प्रयोग, उपयोगिता, फाइदा र कानूनी प्रक्रिया लगायतका विषयमा जानकारी गराइएको थियो । 


अनुशिक्षणमा नगरपालिकाका वडाध्यक्ष, कार्पपालिका सदस्य र विभिन्न शाखाका प्रमुखलगायत ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई र पत्रकार राकेशकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो । 


अनुशिक्षण समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुबेदीले सूचनाको हकको प्रयोगले सुशासन, पारदर्शितामा मद्दत पुग्ने विश्वास गर्दै यसको कार्यान्वयनमा जोड दिनुभयो । उहाँले कोहलपुर नगरपालिका सूचनामैत्री भएको दाबी गर्दै अझै सूचनाको प्रवाह प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


सूचना अधिकार समुह कोहलपुरका संयोजक जयसिंह केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगरपपालिका प्रेस सल्लाहकार प्रियास्मृति ढकालले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले सूचनाको हकको कार्यन्वयनका सन्दर्भमा आएका समस्या तथा चुनौतीबारे छलफल गरिएको थियो । 


त्यस अवसरमा स्वास्थ्य सेवाको क्षेत्रमा सुशासन प्रर्बद्धनमा योगदान गर्नुभएका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका स्टाफ नर्स समिक्षा रावतलाई सम्मान गरिएको थियो । 


 

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…