Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नवनिर्मित डुडुवाको प्रशासनिक भवनमा स्थानान्तरण गरिदै

डेक्स

डेक्स

नवनिर्मित डुडुवाको प्रशासनिक भवनमा स्थानान्तरण गरिदै
ADVERTISEMENT

नवनिर्मित बाँके डुडुवा गाउँपालिकाको अत्याधुनिक प्रशासनिक कार्यालय भवनमा स्थानान्तरण गरिने भएको छ । भुकम्प प्रतिरोधात्मक लिफ्टसहितको निमार्ण सम्पन्न नयाँ भवनमा स्थान्तरण गर्न थालिएको छ । भोली बुधबार नयाँ कार्यालय भवनमा शुभसाईतमा गृह प्रबेशको पुजापाठ गरि स्थान्तरण गर्न लागिएको हो ।  

भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पालिकाका कर्मचारीहरुलाई सेवा प्रवाह गर्नमा सहजता हुने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो,–“कार्यालय भवनको अभावमा कर्मचारीलाई बस्न समस्या छ, यसले कर्मचारी र सेवाग्राहीविचको सम्वन्ध समेत दुरी बनाएको थियो ।” त्यसैले यो नयाँ भवनले सेवा प्रवाहमा सहजता हुन्छ उहाँले भन्नुभयो ।

पालिकालाई सवारी साधन, विभिन्न इकुमेन्ट, मेसिन, औषधी स्टोरलगायत व्यवस्थापन गर्ने समस्या अब अन्त्य हुने भएको छ ।  वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा रु १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निमार्ण भएको प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्माले बताउनुभयो ।

उहाँका अनुसार चार तल्ले भवनमा ५ सय जना क्षमता भएको ठुलो सभागृह, बैठक कक्ष, न्यायका लागि इजलास कक्ष, ३२ वटा कार्यालय कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठुला तथा साना सवारी साधनका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, सुरक्षा गार्ड रुम र लिफ्टसहितको भवन निमार्ण भएको छ । 

गाउँपालिकाको भवन अपाङ्गमैत्री, बालमैत्रीसंगै अत्याधुनिक फाउन्टेनको व्यवस्थापन गरिएको छ । रोयल कन्स्ट्रक्सन धनगढीले सम्झौता गरेको अवधीभित्र नै भवन निमार्णको कार्य सम्पन्न गरेको छ । 


बाँके जिल्लामै डुडुवामा पहिलो भवन तयार भएको हो । गाउँपालिकाले वडा नंं ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ भने शाहपुर्वा विद्यालयको सभाहलबाट गाउँसभा बस्दै आएको छ । कार्यालय भवनको उद्घाटन भने पछि गरिनेछ ।
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…