Pairabi logo

असोज १५, २०८३, बिहीबार                    

कृष्णसार एफएम अब अत्याधुनिक स्टुडियोबाट

डेक्स

डेक्स

कृष्णसार एफएम अब अत्याधुनिक स्टुडियोबाट
ADVERTISEMENT

कृष्णसार एफएम ९४ मेगाहर्ज औपचारिक रुपमा आज विहीबारदेखि नयाँ स्टुडियोबाट प्रसारणमा आएको छ । विहीबार विहान एफएम परिसरमा शुभसाइतमा पूजा तथा मन्त्रउच्चारण गरी प्रसारणलाई औपचारिकता दिइएको हो ।

झण्डै तीन महिनादेखि टावर, स्टुडियो र आन्तरिक सजावटका काम भैरहे पनि रेडियोको प्रसारण भने एन्टेना जडानका लागि लागेको एक दिन मात्र रोकिएको थियो ।

पश्चिम नेपालको लोकप्रिय रेडियो कृष्णसार एफएमले २ हजार वाट क्षमताको डिजिटल ट्रान्समिटरबाट टेरेस्टोरियल प्रसारणका साथै अत्याधुनिक स्टुडियोबाट मोवाइलमैत्री अडियोभिजुअल सामग्री सम्प्रेषणमा जोड दिएको एफ एमका कार्यकारी प्रमुख तुला अधिकारीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय सोसलमिडियाको उपयोग बढ्दै गएकाले रेडियो सेट र मोवाइल सेट दुवैमा स्रोताले चाहेको वेला लाइभ वा रेकर्डेड सामग्री सुन्न वा हेर्न मिल्ने व्यवस्था सहित तयारी गरिएको छ । हाल यसका लागि परिक्षणहरु भैरहेको छ ।

२०६५ साल चैत्र १४ गतेदेखि प्रसारणमा रहेको सामुदायिक रेडियो कृष्णसार एफएम हरेक दिन विहान साढे ५ बजेदेखि रात्री १० बजेसम्म प्रसारण हुन्छ ।

लोकप्रिय पुरानाका साथै केहि नयाँ कार्यक्रमका साथ एफएमले केहि दिनमा आफ्ना कार्यक्रम र समाचार वुलेटिनलाई पूर्णता दिने र भव्य कार्यक्रम गरी उत्सव मनाउने छ ।

कोरोना पछिको मन्दी, बदलिदो प्रविधि र खुम्चिदा स्रोतका वीच हामी यहाँ पुगेका छौं । थाहा छ, आगामी दिन झन् कठिन छन् । र, पनि पत्रकारिताको गरिमा र व्यवसायिकता जोगाउने कसम खाँदै अविचलित रूपमा लागि रहने रेडियोले प्रण गरेको छ । 

एफ एमको व्यवस्थापन समुहले एफएम नयाँ घरमा सर्ने क्रममा पछिल्ला तीन महिना भोकभोकै अनवरत दिमाग चलाउने र पसिना बगाउने सिंगो कृष्णसार एफएमको टीम प्रति विशेष सम्मान र आभार व्यक्त गरेको छ । 
 
ताजा

सबै

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…