Pairabi logo

मंसिर २६, २०८२, बिहीबार                    

जमुनाहा नाका दुई दिन बन्द

डेक्स

डेक्स

जमुनाहा नाका दुई दिन बन्द
ADVERTISEMENT

नेपालगञ्ज ।  नेपाल–भारत जमुनाहा नाका बन्द भएको  छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर निकायको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रुपमा बन्द गरिएको हो ।

मंगलबार बेलुकी ६ बजेबाट बन्द गरिएको सीमा नाका बिहीबार बेलुका ६ बजेबाट पुनः सुचारु हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भारत उत्तरप्रदेशमा भइरहेको निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले दुबै देशका सुरक्षा अधिकारीबीच भएको समझदारी अनुसार ४८ घण्टाका लागि नाका बन्द गरिएको बताए ।

उहाँले सो अवधिमा अत्यावश्यक सेवाहरु एम्बुलेन्स, शव वाहन, दूध, तरकारी, माछा र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरुलाई आवागमन गर्न दिइएको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार नाका बन्द गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् । खुला सिमानाका कारण अन्य नाकामा पनि विशेष निगरानी बढाइएको जनाईएको छ ।

मंगलबार बेलुकाबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ताजा

सबै

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

लोकप्रिय

यो पनि

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

नेपालगन्ज, । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँक…

बाँकेको पर्यटन प्रबद्र्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

बाँकेको पर्यटन प्रबद्र्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

नेपालगन्ज, ७मंसिर ।नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ …

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई लैंगिक समानता र सामाजिक समावेशि…

खजुराद्धारा घुम्ती शिविर संचालन

खजुराद्धारा घुम्ती शिविर संचालन

खजुरा (बाँके), ५ मङ्ग्सिर स् बाँकेको खजुरा गाउँपालिकाले व्यवसाय दर्ता तथा नवीकरणका ल…