Pairabi logo

फागुन ११, २०८२, सोमबार                    

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चलपहल

डेक्स

डेक्स

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चलपहल
ADVERTISEMENT

नेपालगञ्ज ।  बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढन थालेको छ । 
निकुञ्जमा रहेको बाघ, चितुवा,हात्ती, जरायो, बाह्रसिंगे लगायतका विभिन्न बन्यजन्तु हेर्न लालयित भएर पर्यटक त्यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । 
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले विशेष गरी बाघको सङ्ख्या बढेर १२५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढदै गएको करिव ९० प्रतिशत पर्यटकले बाघको प्रत्यक्ष अवलोकन गरेको जानकारी दिनुभयो ।  पहिले एक हजार विदेशी पर्यटक भएकोमा अहिले चार हजारको हाराहारीमा पर्यटक भित्रिएको उहाँले बताउनुभयो । भण्डारीले आन्तरिक पर्यटक १० हजारले अवलोकन गरेकोमा अहिले १२ हजार पर्यटक निकुञ्जमा प्रवेश गरेको जानकारी दिनुभयो ।  सार्क मुलुकका पर्यटक गत वर्ष ४०० भएकोमा अहिले बढेर ८०० पुगेका छन ।  
‘तुलानात्मक रुपले भन्दा पनि गत वर्षभन्दा यस बर्ष पर्यटकको सङ्ख्या बढेको छ, त्यसको एउटै कारण हो बाघ हेर्न पर्यटक आतुर हुनु’उहाँले भन्नुभयो । 
पर्यापर्यटनका लागि निकुञ्ज केन्दको रुपमा स्थापित भएको उल्लेख गर्दै अधिकृत भण्डारी भन्नुहुन्छ ‘हामीलाई विश्वास छ यो बर्ष करिव २० हजार पर्यटकले निकुञ्जको भ्रमण गर्नुहुनेछ, यसको मुख्य कारण भनेको बाघको सङख्या वढेपछि त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु हो ।’
उहाँले विदेशी पर्यटक खास गरेर अमेरिका, जर्मन, फ्रान्स, न्यूजिल्याण्ड, चीन, भारत लगायतका मुलुकका पर्यटक भएको र निकुञ्जमा आउनुको मुख्य रुची नै बाघ भएको बताउनुभयो । यसमध्ये पनि अमेरिकन पर्यटकको सङ्ख्या बढी रहेको छ । 
‘उहाँहरु बाघको साइडिङ्ग हेर्न धेरै मन पराउनुहुन्छ, त्यसैले पनि आउनुहुन्छ ’भण्डारीले भन्नुभयो । त्यसबाहेक डल्फिनको साइडिङ्ग छ, बाघको आहारको रुपमा रहेको चित्तल, बाह्रसिंगेको साइडिङ्गबाट पनि पर्यटकले आनन्द लिएका छन । निकुञ्जका विभिन्न सुन्दर घाँसेमैदान, नदी प्रणाली, जैविक विविधताले निकुञ्जको सौन्दर्य बढाएको छ । 
‘निकुञ्जमा १०० स्क्वायर किलोमिरटमा सात बाघ छन । अझै पनि यसको पक्षमा राम्रो काम गर्ने हो भने बाघको सङख्या वढाउन सकिन्छ । ’प्रमुख संरक्षण अधिकृत भण्डारी भन्नुहुन्छ । 
अधिकृत भण्डारीले बन्यजन्तु र मानवबिचको द्धन्द्ध व्यवस्थापन गर्नका लागि बाघको आहारा बढाउने लगायतका काम भएको उल्लेख गर्दै बाघलाई निकुञ्जभित्रै सिमीत बनाइने गरी केही प्रयास भएको बताउनुभयो । 
उहाँले बाघ र हात्तीबाट हुने क्षति कम भएको उल्लेख गर्दै मानवीय व्यवहारलाई परिवर्तन गर्न आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । 
निकुञ्ज आसपास बस्ती हुञ्जेल बन्यजन्तु र मानवबीचको द्धन्द्ध रहिरहने बताउदै उहाँले मानव वन पैदावरको खोजीमा जाने र कहिलेकाही बन्यजन्तु विशेष गरी बाघ त्यो पनि विरामी वा घाइते बाघ आहाराको खोजीमा जंगल भन्दा बाहि जाँदा द्धन्द वढेको जस्तो देखिएको तर ठूलो समस्या नभएको बताउनुभयो । सकेसम्म मानव र बन्यजन्तुबीचको द्धन्द्ध शुन्य रहोस भनेर काम गरिरहेकोमा जोड दिनुभयो ।  
‘हामीले बन्यजन्तुको आनीबानी र व्यहार परिवर्तन गर्न सक्दैनौं तर उसमाथि देखाउने व्यवहार परिवर्तन गर्न सक्छौ ’वार्डेन भण्डारीले भन्नुभयो । यो निकुञ्ज भावर क्षेत्रमा पर्छ । त्यसैले करिव पाँच स्क्यावार किलोमिरटको दुरीमा एउटा पोखरी बनाउने, सोलार जडित बोरिङको प्रवन्ध गरेर पानीको व्यवस्था गरिएको छ । बाघका लागि पाँच वर्षमा चार स्क्वायर किलोमिटरको जुन ग्रिड बनेका छन । त्यस्तो एउटा ग्रिडमा एउटा पोखरी र घाँसे मैदान बनाउने लक्ष्य राखिएको छ । यसले बाघको आहारा जातीको सङ्ख्या वढाउन सहयोग गर्ने विश्वास लिइएको छ । घाँसे मैदान राम्रो नभए बाघको आहार जातीको सङ्ख्या वढाउन सकिने भएकाले आहार प्रजातीको लागि पोषण खानामा जोड दिइएको छ । 
अहिले घाँसे मैदान कम छ पुराना घाँसे मैदान वन पैदावर पाउने ठाउका रुपमा रुपान्तरण भएको छ । पुरनो घाँसे मैदानलाई पुनः घाँसे मैदानकै रुपमा ल्याउन बजेटको अभावले समस्या देखिएको बताइएको छ । निकुञ्जभित्र रहेका लम्कौली लगायतका विभिन्न घाँसे मैदानका फाँटालाई व्यवस्थापन गरिएको छ । पुराना घासे मैदानको गुणस्तरलाई पनि बढाइनेमा निकुञ्जले जोड दिएको छ । 
निकुञ्जमा १०० स्क्वायर किलोमिरटमा सात बाघ छन । अझै पनि यसको पक्षमा राम्रो काम गर्ने हो भने बाघ सङख्या वढाउन सकिन्छ । बढेको बाघको सङ्ख्यालाई कसरी अवसरको रुपमा लिने र त्यसबाट आयआर्जन कसरी गर्ने भन्ने विषयमा पनि छलफल आवश्यक छ । 
बर्दियाको ठाकुरद्धारास्थित गैडा क्याम्पका सञ्चालक रामजीवावु थापाले निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वढेको जानकारी दिदै बाघको सङ्ख्या बढेपछि यहाँ रहेका करिव ३२ साना तथा ठूला होटेल र होम स्टेमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइ हुने गरेको बताउनुभयो । त्यसमा पनि बाह्य पर्यटकमा अमेरिका, फ्रान्स लगायतका मुलुकको भएको उल्लेख गर्दै उहाँले बाघ हेर्नका लागि बाह्य पर्यटक तीन दिनदेखि एकसाता सम्म बसेको जनकारी दिनुभयो । ‘कतिपय पर्यटक त एक महिनासम्म पनि बस्ने गर्छन’ उहाँले भन्नुभयो । 
स्थानीय उमङ्ग खडकाले पर्यटकको सङ्ख्या बाघको साइटिङको लागि वढीरहेको उल्लेख गर्दै हात्ती, गैडा र आहार प्रजातीको बन्यजन्तु देखेर पर्यटक फर्किएको बताउनुभयो ।
पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । निकुञ्जमा ४३८ थरी रैथाने र बसाई सरी आउने चराको अभिलेख रहेको बताइएको छ । 
 

ताजा

सबै

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज, १० फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहाय…

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

नेपालगन्ज, । नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२…

लोकप्रिय

सबै

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नेपालगन्ज ९ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदे…

बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक द…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

यो पनि

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज, १० फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहाय…

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध…

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नेपालगन्ज ९ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदे…

नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत

नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत

नेपालगन्ज, २९ माघ :नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९ दशमलव ९८ प्रत…