Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सुनका गहना सहित दुई पक्राउ

डेक्स

डेक्स

सुनका गहना सहित दुई पक्राउ
ADVERTISEMENT

नेपालगञ्ज ।  नेपालगञ्ज्को न्युरोडस्थित एक होटेलबाट करिव रु.४ करोड ६९ लाख ५ हजार ७ सय ६३  बरावरको करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय, बाँकेले आज पत्रकार सम्मेलनमार्फत ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित पक्राउ परेका दुईलाई सार्वजनिक गरेको छ । पक्राउ हुनेमा विराटनगरका महानगरपालिका वडा नं ९ का ४२ बर्षीय रमेश सोनी र सोही ठाउँका ३६ बर्षीय प्रकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । 
पक्राउ परेकाहरुको साथबाट सुनका सिक्री चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका गहना बरामद गरेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । 
उनीहरुसँगबाट इस्टमेट बिलको ठेली एक थान, डिजिटल तराजु एक थान, विभिन्न मितिमा विभिन्न स्थानमा विक्री गरेको इस्टमेट बिलहरु १४ थान एनआइसी एसिया बैंकमा रु.७ लाख ३३ हजार ४ सय जम्मा गरेको भौचर, प्रकाश ठाकुरको नाममा रु.३ लाख ८६ हजार ४०० काटेको एनएमबी बैंकको चेक र विभिन्न दरको नोट गरि नगद रु.३५ हजार बरामद गरिएको उहाँको भनाई छ । 
गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा बुधवार राती गहनासहित सोनी र ठाकुरलाई पक्राउ गरिएको थियो । सुन कहाँबाट आएको भन्ने विषय अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको मुल्य करिव रु.४ करोड ६९ लाख ५ हजार ७ सय ६३ रहेको छ । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…