Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’

डेक्स

डेक्स

लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा लहरे तरकारी खेतीको उत्पादन बढाउन स्थानीय किसानले ‘थ्री जी कटिङ’ प्रविधि सुरु गरेका छन । यस तरकारी बालीमा पोथी फूलको सङ्ख्या वृद्धि गर्नका लागि अपनाइने एक प्रकारको विधिलाई सो प्रविधि मानिएको कृषि ज्ञान केन्द्र, बाँकेले जनाएको छ । 
कृषि ज्ञान केन्द्र, बाँकेका वागवानी अधिकृत राप्रकाश यादवले लहरे तरकारी बालीमा भाले फूल भन्दा पोथी फूलको सङ्ख्या बढाएर किसानले उत्पादनमा फाइदा लिने विधि ‘थ्री जी कटिङ’ प्रविधि भएको जानकारी दिदै अध्ययन गरेका अगुवा किसान यस प्रविधिमा आर्कषित भएको बताउनुभयो । ‘अधिकांस अगुवा किसानले यस्तो प्रविधिमा चासो दिनुभएको छ ’उहाँले भन्नुभयो । वागवानी अधिकृत यादवले किसानले प्रयोग गर्ने मलखाद, सिंचाइको प्रवन्ध र किटनाशक औषधीको प्रयोगको आधारमा ६ देखि १० गुणा वढी उत्पादन लिन सकिनेमा जोड दिदै लहरे बालीको पुस्तान्तरणबाट किसानले उत्पादनमा वृद्धि गर्न सक्ने उल्लेख गर्नुभयो । 
जिल्लाको डुडुवा गाउँपालिकाको वडा नं ४ र ५, खजुरा गाउँपालिकाका केही वार्डमा ‘थ्री जी कटिङ’ प्रविधिबाट किसानले लाभ लिएका छन । उहाँ भन्नुहुन्छ‘बाँकेमा लहरे तरकारी बालीमा यसलाई नयाँ प्रविधि मानिएको छ ।’ यादवले टमाटरमा सबैभन्दा पहिले सो प्रविधि बाँकेमा अपनाइएको उल्लेख गर्दै जिल्लामा करिव चार बर्षदेखि किसानले अभ्यास गरेको बताउनुभयो । 
खजुरका किसान पदम रानाले अहिले लौकामा ‘थ्री जी कटिङ’ गरेको उल्लेख गर्दै सो प्रविधि प्रभावकारी भएको अनुभव सुनाउनुभयो । उहाँले उत्पादन बढाउन मलखाद र सिंचाइको व्यवस्थापनसँगै फल समयमा नै टिप्न आग्रह गर्दै एउटै लौकाको पातबाट तीन फल लाग्ने जानकारी दिनुभयो । ‘जनसंख्या बढाउन सकिन्छ तर व्यवस्थापनमा पनि गम्भिर हुनुपर्छ’ किसान राना भन्नुभयो । 
‘थ्री जी कटिङ’ मा जब विरुवाको उचाई करिव ६ फिट हुन्छ  तब लौका, घिरौला, चिचिण्डा, काक्रा, करेला टमाटर जस्ता लहरे बालीमा विरुवाको टुप्पो काटने यसरी मुख्य हाँगाको भाग काटदा त्यसको सहायक हाँगाको विकास जस्लाई दोस्रो पुस्ता भनिन्छ र उक्त हाँगामा १० देखि १२ पातको विकास भइसकेपछि फेरी दोस्रो पटक काटने र दोस्रो पटक काटेर आएका हाँगा जस्लाई तेस्रो पुस्ता भनिन्छ । सो पुस्तामा पोथी फूलको सङ्ख्या बढी हुँदा भाले फूल कम भएपनि परागसेचन हुँदा तरकारीको उत्पादन १० गुणासम्म बढी हुन सक्ने बताइएको छ ।  विरुवाको तेस्रो पुस्ताको हाँगामा फल फलाउने विधिलाई ‘थ्री जी कटिङ’ प्रविधि मानिएको हो । 


 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…