Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन

डेक्स

डेक्स

सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन
ADVERTISEMENT

नेपालगन्ज, २४ चैत । गतवर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रहयो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्ने पाएनन । त्यसको प्रत्यक्ष प्रभाव उतदनमा देखियो । 

अहिले सुख्खाग्रस्त क्षेत्र नरैनापुरमा सिँचाइको सुविधा पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरमार्फत पानी सञ्चालन गरेको छ । २०७४ साउन ९ गतेदेखि पूर्वी नहर निर्माणको काम शुरु भएको थियो । यसका चारवटा शाखा नहर छन् भने परम्परागत राजकुलोसँगै फत्तेपुर सिँचाइ प्रणाली पुनस्थापना हुनेछ । अहिले पूर्ण क्षमतामा फत्तेपुरसम्म सिँचाइका लागि पानी सञ्चालन भएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पूर्वी नहरको लम्बाइ ४३.५ किलोमिटरसम्म छ । अहिले ३९ किलोमिटरसम्म पानी सञ्चालन गरिएको छ । नरैनापुरको गंगापुर, मटैहिया र वडा नम्बर १, २, ३ र ४ मा अर्को चरणमा काम सुरुवात हुने सिक्टा सिँचाइ आयोजनाका आयोजना निर्देशक रमेशकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार सिक्टाको पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्नेछ । 

नयाँ निर्माण गरिएका चारवटा शाखा नहरबाट करिब एक हजार चार सय हेक्टरमा वर्षभरिने सिँचाइ सुविधा पुग्ने सुनिश्चितता भएको छ,’ उहाँले भन्नुभयो, “बाँकी मुल नहरसहित शाखा नहरको भर्से र डिजाइनको चरणमा रहेकाले आवश्यक वातावरणीय अध्ययनपश्चात ठेक्का व्यवस्थापन कार्य अगाडि बढान्इछ ।’

असार २८ गते ७ घनमिटर प्रति सेकेन्ड पानी परीक्षणका लागि छाडिएको थियो । परीक्षण सफल भएपछि पूरे क्षमताको पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । पूर्वी नहरको संरचना भने ३७ किलोमिटर नहर निर्माण भएको छ । केही राजकुलो पर्ने भएकाले ३९ किलोमिटरसम्म पानी छाडिएको छ । 

सिँचाइ कुलोमा पानी छाडेपछि खेतमा सिँचाइ हुनेछ भने गत वर्ष जस्तो यस वर्ष खेत बाँझे राख्नुपर्ने अवस्था नहुनेमा विश्वास लिइएको छ । पूर्वी नहरबाट पानी सुचारु भएपछि सुख्खा क्षेत्रलाई केही राहत पुग्ने स्थानीयको अपेक्षा छ। । सिँचाइ कुलो पुगेपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन् । सिँचाइ नहुँदा खेत बाँझे राख्नुपर्ने बाध्यता हटेको यहाँका किसानको भनाइ छ । 

सो क्षेत्रका किसानले आकासे पानीके भर परेर खेती गर्नुपर्ने अवस्था थियो । पूर्वी नहरमा पानी छाडिएपछि आकासे पानीको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय किसान शिवशरण थारुले बताउनुभयो । पूर्वी नहर निर्माणका लागि कालिका कुमार जेभीसँग रु तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ मा ठेक्का सम्झौता भएको थियो । 
–––
    
 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…