Pairabi logo

असोज २६, २०८३, सोमबार                    

सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन

डेक्स

डेक्स

सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन
ADVERTISEMENT

नेपालगन्ज, २४ चैत । गतवर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रहयो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्ने पाएनन । त्यसको प्रत्यक्ष प्रभाव उतदनमा देखियो । 

अहिले सुख्खाग्रस्त क्षेत्र नरैनापुरमा सिँचाइको सुविधा पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरमार्फत पानी सञ्चालन गरेको छ । २०७४ साउन ९ गतेदेखि पूर्वी नहर निर्माणको काम शुरु भएको थियो । यसका चारवटा शाखा नहर छन् भने परम्परागत राजकुलोसँगै फत्तेपुर सिँचाइ प्रणाली पुनस्थापना हुनेछ । अहिले पूर्ण क्षमतामा फत्तेपुरसम्म सिँचाइका लागि पानी सञ्चालन भएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पूर्वी नहरको लम्बाइ ४३.५ किलोमिटरसम्म छ । अहिले ३९ किलोमिटरसम्म पानी सञ्चालन गरिएको छ । नरैनापुरको गंगापुर, मटैहिया र वडा नम्बर १, २, ३ र ४ मा अर्को चरणमा काम सुरुवात हुने सिक्टा सिँचाइ आयोजनाका आयोजना निर्देशक रमेशकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार सिक्टाको पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्नेछ । 

नयाँ निर्माण गरिएका चारवटा शाखा नहरबाट करिब एक हजार चार सय हेक्टरमा वर्षभरिने सिँचाइ सुविधा पुग्ने सुनिश्चितता भएको छ,’ उहाँले भन्नुभयो, “बाँकी मुल नहरसहित शाखा नहरको भर्से र डिजाइनको चरणमा रहेकाले आवश्यक वातावरणीय अध्ययनपश्चात ठेक्का व्यवस्थापन कार्य अगाडि बढान्इछ ।’

असार २८ गते ७ घनमिटर प्रति सेकेन्ड पानी परीक्षणका लागि छाडिएको थियो । परीक्षण सफल भएपछि पूरे क्षमताको पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । पूर्वी नहरको संरचना भने ३७ किलोमिटर नहर निर्माण भएको छ । केही राजकुलो पर्ने भएकाले ३९ किलोमिटरसम्म पानी छाडिएको छ । 

सिँचाइ कुलोमा पानी छाडेपछि खेतमा सिँचाइ हुनेछ भने गत वर्ष जस्तो यस वर्ष खेत बाँझे राख्नुपर्ने अवस्था नहुनेमा विश्वास लिइएको छ । पूर्वी नहरबाट पानी सुचारु भएपछि सुख्खा क्षेत्रलाई केही राहत पुग्ने स्थानीयको अपेक्षा छ। । सिँचाइ कुलो पुगेपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन् । सिँचाइ नहुँदा खेत बाँझे राख्नुपर्ने बाध्यता हटेको यहाँका किसानको भनाइ छ । 

सो क्षेत्रका किसानले आकासे पानीके भर परेर खेती गर्नुपर्ने अवस्था थियो । पूर्वी नहरमा पानी छाडिएपछि आकासे पानीको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय किसान शिवशरण थारुले बताउनुभयो । पूर्वी नहर निर्माणका लागि कालिका कुमार जेभीसँग रु तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ मा ठेक्का सम्झौता भएको थियो । 
–––
    
ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…