Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

बाँकेको एसईईमा ९ हजार २३ ले परीक्षा दिँदै

डेक्स

डेक्स

बाँकेको एसईईमा ९ हजार २३ ले परीक्षा दिँदै
ADVERTISEMENT

नेपालगञ्ज ।  वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाँकेका ९ हजार २३ विद्यार्थी सहभागि भएका छन । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार एसईई बाँकेका ३३ परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिदैँछन् । जसका लागि ३३ लाई परीक्षा केन्द्राध्क्ष तोकिएकोछ । जसमा दुई जना महिला केन्द्राक्ष रहेकाछन् । बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकाका एक सय ९१ विद्यालयबाट विद्यार्थी परीक्षामा सम्मलित हुँदैछन् ।  बाँकेका ९८ वटा सामुदायिक विद्यालय र ९३ वटा संस्थागत विद्यालयका ९ हजार २३ जना विद्यार्थी परीक्षामा सहभागि भएका छन । बाँकेका ९८ वटा सामुदायिक विद्यालयका ६ हजार ४ सय ५५ जना र ९३ जना संस्थागत विद्यालयका २ हजार ५ सय ६८ जना विद्यार्थीले एसईई परीक्षा दिएका छन  । पौडेलका अनुसार दृष्टिविहीन विद्यार्थी अध्ययनरत बाँकेको एक मात्र विद्यालय मङ्गल प्रसाद उमाविबाट ६ जना विद्यार्थीले एसईई परीक्षा दिएका छन। मङ्गलको परीक्षा केन्द्र नेपालगन्ज गणेशपुरस्थित एविसी रेजिडेन्टियल उमाविमा राखिएकोछ । दृष्टिविहीन ६ जना विद्यार्थीका लागि लेखन सहयोगी समेत सिफारिस भइसकेको शिक्षा विकास तथा समन्वय एकाई बाँकेका प्रमुख पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार जयन्दु बाल सुधार गृहबाट यस वर्ष २४ जना बालकले एसईई परीक्षा दिनेछन । बाँकेका १३ जना र बाँके बाहिरका ११ जना विद्यार्थी गरि कुल २४ जनाले परीक्षा दिन लागेका हुन् । उनीहरुका लागि उपकेन्द्र कायम गरि परीक्षा लिइँदैछ । बाँकेको नेपालगञ्ज स्थित एबीसि रेजिडेन्टियल हाई स्कुल र कोलपुरको त्रिभुवन माविमा महिला केन्द्राक्ष रहेकाछन् ।

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…